फागुन ५ गौरीगञ्ज । गत पुस २४ र २५ गते गौरीगञ्ज गाउँपालिका ले लिएको गणक, सुपरीवेक्षक तथा कम्प्युटर अपरेटर पदको लिखित तथा प्रयोगात्मक परिक्षा को नतिजा आज बिहिबार राति सार्वजनिक गरेको छ ।

परीक्षा लगत्तै बिबादै बिबादमा तानिएको सो परीक्षा को नतिजा लामो समयको अन्तराल पछि आज सार्वजनिक गरिएको हो ‌। परीक्षार्थी को तर्फबाट भरत बिमल रायले सो परीक्षा को नतिजा बिरुद्ध जिल्ला अदालत झापाना रिट दायर गरे पछी उक्त परीक्षा को नतिजा झापा जिल्ला अदालतले रोकन माघ ३ गते अन्तरिम आदेश जारी गरेको थियो तर जिल्ला अदालतले माघ १० गते दुबै पक्षको बहस सुनि सो निशेधाज्ञा फुकुवा गरि नतिजा सार्वजनिक गर्ने बाटो खोलिदिएको थियो ।

फुकुवा आदेश

माघ १० गते नै जिल्ला अदालत झापाले नतिजा प्रकाशन गर्ने बाटो खोलिदिए पनि गौरीगञ्ज गाउँपालिका ले नतिजा सार्वजनिक गर्ने सकेको थिएन ।‌ अदालतले निषेधाज्ञा फुकुवा गरेको २५ दिनपछि आज गौरीगञ्ज गाउँपालिका को बसेको नियमित कार्यपालिका बैठक पछी नतिजा सार्वजनिक गरिएको हो ।

नतिजा
नतिजा