गौरीगञ्ज गाउँपालिकाका प्रमुख प्रसाशकीय अधिकृत खेमराज थापा नियमित रुपमा कार्यालयन आउने गरेको पाइएको छ । गाउँपालिकाले नै उपलब्ध गराएको आमशिक सुचनाको रेकर्ड अनुसामर गएको ६ महिनामा प्रमुख प्रसाशकीय अधिकृत थापा ८७ दिन मात्र कार्यालयमा हाजिर भएको देखिएको छ । कार्यालयमा हाजिर भएको ८७ दिनका पनि कार्यालय समय भित्र ४५ दिन मात्र हाजिर भएको तथ्य फेला परेको छ ।
गएको ६ महिनामा अधिकृत थापा १७ दिन बिदा बसेको र २५ दिन काजमा अन्य कार्यालय गएको देखिएको छ । कर्मचारी काजमा जाँदा उनिहरुले गाडी भाडा सहितको भत्ता पाउने नियम छ ।
पछिल्लो ६ महिनाको रेर्कर्ड हेर्दा अधिकृत थापा साउनमा ९ दिन भदौमा ६ दिन असोजमा ५ दिन कार्तिकमा २ दिन मँसिरमा १४ दिन र पुसमा ९ दिन मात्र कार्यालय समय १० बजेर ३० मिनेट भित्र हाजिर भएको देखिएको छ ।

२ बर्ष अघि देखि गौरीगञ्ज गाउँपालिकामा सरुवा भएर आएका अधिकृत थापा लाइ बारम्बार कार्यालयमा नभेटिने गुनासो आएपछी गौरीगञ्ज दर्पण डटकमले गत पुस ३ गते चालु आर्थिक बर्षमा अधिकृत थापाको डिजिटल हाजिरीको रेकर्ड माग गरेको थियो । तर निवेदन दर्ता भएको १५ दिन पछी सुचना अधिकारी नारायण चँदाराले अधिकृत थापाको डिजिटल हाजिरी रेकर्ड उपलब्ध गराउनुको साटो अधिकृत थापा बिदा र काजमा गएको बाहेक नियमित रुपमा कार्यालय उपस्थित भएको मन गढन्ते लिखित जवाफ फर्काएका थिए । माग बमोजिमको सुचना उपलब्ध नगराउनुको कारण र चित बुझ्दो जवाफ नपाएपछी गौरीगञ्ज दर्पणले पुस २७ गते प्रमुख प्रसाशकीय अधिकृत थापा समक्ष पुन सोहि सुचना माग सहितको निवेदन दर्ता गराएको थियो ।
सुचनाको हक सोबन्धी हक २०६४ अनुसार सुचना अधिकारीले सुचना उपलब्ध नगराए प्रमुख प्रसाशकीय अधिकृत समक्ष उजुरी गर्न सकिने र यसरी प्रमुख प्रसाशकीय अधिकृत समक्ष उजुरी गर्दा अधिकृतले निवेदन दर्ता भएको १ हप्ता भित्र सुचना उपलब्ध गराउनु पर्ने वा सुचना दिन नमिल्ने भए के कारणले दिन नमिल्ने हो सोको लिखित जानकारी गराउनु पर्ने प्राबधान रहेको छ । तर अधिकृत थापा समक्ष निवेदन दर्ता गराएको १ महिना २ दिन बिति सक्दा समेत अधिकृत थापा वा सुचना अधिकारी चद्बदाराले सुचना उपलब्ध गराएको छैन भने सुचना उपलब्ध गराउनुको कारण समेत लेखेर दिएको छैन । यसबारे जवाफ खोज्न जाँदा उल्टै सुचना अधिकारी चदारा र प्रमुख प्रसाशकीय अधिकृत थापा गौरीगञ्ज दर्पण डटकमका सम्पादक मदन राजवँशीसँग बिबादमा उत्रिएका छन् ।
बिबाद पछी गाउँपालिकामा कार्यरत २२ जना कर्मचारीले बिज्ञप्ती जारी गर्दै गौरीगञ्ज दर्पण डटकमले गाउँपालिकामा कार्यरत कर्मचारीहरुको बारेमा भ्रामक सुचना फैलाएको आरोप लगाएका छन् । बिज्ञप्तीमा २२ जनाको हस्ताक्षर देखिएपनि कुनकुन कर्मचारीले हस्ताक्षर गरेका हुन् भनेर नाम खुलाइएको छैन ।
गौरीगञ्ज दर्पण डटकमले भ्रामक सुचना फैलाएको आरोप लगाएपनि कुन कुन कर्मचारीको बारेमा के के भ्रामक फैलाएको हो भनि खुलाउन सकेका छैनन् । सामान्यतया कुनै दर्तावाल सञ्चार माध्यमको समाचार भ्रामक वा अपुस्ट भए सो बिरुद्ध सँबन्धित कार्यालयले तथ्यमा आधारीत समाचारको खण्डन गर्ने चलन छ । तर जारी बिज्ञप्तीमा कन कुन कर्मचारीको बारेमा के के भ्रम फैलाएको हो भनि कुनै तथ्य वा प्रमाण पेस गरिएको छैन । नियम अनुसार सुचना माग गर्दा किन सुचना उपलब्ध नगराएको भनि प्रश्न गर्दा सुचना अधिकारीको मान मर्दन भएको भनि उल्टै उनिहरुले कामकाज ठपव्प पार्ने धम्की दिएका छन् ।

माग बमोजिमको सुचना उपलब्ध नगराएपछी गत पुस २३ गतेर् गदरीगञ्ज दर्पण डटकमले चालु आर्थिक बर्पमा प्रमुख प्रसाशकीय अधिकृत थापा कार्यालय समय साढे १० बजे भित्र कति दिन हाजिरी भएको हो लगायतका सुचनाहरु माग गरि पुन निवेदन दर्ता गरेको थियो भने सुचना अधिकारी चद्बदराले १ महिना २ दिन ढिपलो गरि आँशिक सुचना मात्र उपलब्ध गराएको थियो ।