Happy Tihar 2082

हुलाकी सडकमा बाइपास बाटो नराम्रो हुँदा स्थानियले पाए सास्ती

पढ्न समय: 2 मिनेट


रबिन्द्र बराल
माेरङकाे रंगेली बिराटनगर सडक खन्ड अन्तर्गत हुलाकी सडक हिलाम्मे हुदा सर्वसाधारण हरु लेे सास्ती बेहोर्न बाध्य भएका छन । केही दिन देखिकाे अबिरल बर्षाका कारण स्थानीयलाई अबतजाबतमा समस्या परेकाेे छ । गजुरमुखि मोतीदान जेभि बानेश्वर ले सुनबर्सि काे झिङ्गि टाेल देखि रतुवाखाेलाकाे पुल सम्म र धनपालथना गाउँ पालिका काे मंङ्लबारे देखि कटहरी सम्मकाे सडक निर्माण गर्ने सुरु गरेता पनि अधिकान्स सडकमा बाईपास सडक भने जिर्ण रहेको छ । जिर्ण रहेका वाईपास सडक मा सुनबर्सि नगरपालिका काे झपर्तल चाेक, धनपालथना काे कदमाहा चाेक अत्यन्तै कष्टकर रहेको यात्रु हरु बताउँछन् । ठेक्केदार काे लापरबाही का कारणले गर्दे स्थानीयले दुख पाएकाे र बाईपास बाटाे समेत खाेला बगेपछि उक्त स्थान बाट अावत जावतमा निकै समस्या परेको मारुती चालक दिपेेन मंन्डल ले बताए । साे हुलाकी सडक निर्माण गर्ने क्रममा बाईपास बाटाे समेत राम्रो नभएको कारण ले गर्दा ठुला तथा साना सवारीसाधन साईकल, माेटरसाईकल तथा पैदल यात्री हरुलाई अावत जावत गर्दा निकै समस्या परेको उनलेे बताए । गजुरमुखि मोतीदान जेभि बानेश्वर का क्न्ट्याक मेनेजर राजेश बाेहरा का अनुसार बाईपास बाटाेे बनाएता पनि उक्त सडक हिलाम्मे भएको स्यईकार गर्दे अब चाडैं नै अधिकान्स स्थानमा कल्भट हरु निर्माण भईसकेकाे र अबकाे केही दिनमा उक्त कल्भट हरु सन्चालनमा ल्याउने तयारी भईरहेकाे बताए ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्