स्वास्थ्य प्रवर्धन सँबन्धी एक दिने अभिमुखिकरण

पढ्न समय: 1 मिनेट

गौरीगञ्ज । मेरो बर्ष अभियान अन्तर्गत महामारी सर्ने नसर्ने रोग रोकथाम प्रजनन तथा बाल बाताबरण स्वास्थ्य आदि स्वास्थ्य चेतना सँबन्धी एक दिने अभिमुखिकरण सम्पन्न भएको छ । गौरीगञ्ज गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा शुब्रबार गौरीगञ्ज गाउँपालिकाको सभाहलमा भएको सो अभिमुखिकरणमा जनप्‍रतिनिधिहरु स्वास्थ्य कर्मीहरु लगायत स्थानियहरुको उपस्थिती रहेको थियो ।
गाउँपालिका उपाध्यक्ष दिपेन्द्र थापाको प्रमुख आतिथ्यमा सम्पन्न भएको सो कार्यक्रममा प्रमुख सहजकर्ता डा बिद्या पोख्रेल ले स्वास्थ्य क्षेत्रमा सरकारले ल्याएका नयाँ कार्यक्रमहरु तथा सरकारी स्वास्थ्य सँस्थाहरुबाट पाइने सेवा सुबिधाहरुका बारेमा स्पष्ट पारेका थिए ।
कार्य्रममा बिभिन्न सर्ने नसर्ने रोग महामारी प्रजनन् स्वास्थ्य आदीको बारेमा समेत अभिमुखिकरण गरिएको थियो । स्वास्थ्य शाखा प्रमुख बिकास पौडेलले यस्ता कार्यक्रमहरुले स्थानीय स्तरमा सेवाग्राहीहरुलाइ स्वास्थ्य सेवा सँबन्धी नयाँ जानकारीहरु सँग अपडेड हुन मदत पुग्ने कुरा बताए ।

- Advertisement -
Ad image
प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *