स्थानिय सरकार सञ्चालन ऐनको धज्जी उडाउदै अध्यक्ष राजवँशी र अधिकृत थापा

पढ्न समय: 2 मिनेट

स्थानिय सरकार सञ्चालन ऐन बिपरित सँस्थाको जिम्मेबारी वडालाइ

- Advertisement -
Ad image

मँसिर १० गौरीगञ्ज । गौरीगञ्ज गाउँपालिकाका अध्यक्ष फुलबती राजवँशी र प्रमुख प्रसाशकीय अधिकृत खेमराज थापाको मिलेमतोमा नियम बिपरित काम हुदै आएको पाइएको छ । अध्यक्ष राजवँशी र अधिकृत थापाको मिलेमतोमा गौरीगञ्ज पालिका भित्रको सँस्था ब्यवस्थापनको जिम्मेबारी वडा नँ ६ लाइ तोकिएको पाइएको छ ।

स्थानिय सरकार सञ्चालन ऐन २०७४ को दफा १६ को उपदफा ४ ख को नियम ३ मा पालिका भित्रको गैर सरकारी सँघ सँस्थाका कृयाकलापहरुको समन्वय गर्ने काम उपाध्यक्षको हुने स्पष्ट ब्यवस्था हुँदाहँदै अध्यक्ष फुलबती राजवँशीको निर्देशनमा प्रमुख प्रसाशकीय अधिकृत खेमराज थापाले गत मँसिर ५ गते वडा नँ ६ को कार्यालयलाइ त्रिभुवन आदर्श पुस्तकालयको ब्यवस्थापनको जिम्मा दिइएको आसयको पत्र पठाएका छन् । सोहि गैरकानुनी पत्रलाइ टेकेर वडा नँ ६ का वडाध्यक्ष बद्री नारायण यादवले मँसिर ९ गते सो पुस्तकालयको नयाँ समिती गठनको आब्हान गरेका छन् भने वडाध्यक्ष यादवले आफ्ना निकटका ब्यापारीलाइ सो पुस्तकालयको जग्गामा बिना प्रकृया घर बनाउने सिफारिस समेत दिएका छन् ।

अध्यक्ष फुलबती राजवँशीको निर्देशनमा कार्यकारी अधिकृत थापाले वडालाइ लेखेको पत्रमा सो पुस्तकालयको ब्यवस्थापनको जिम्मा वडा नँ ६ लाइ दिने निर्णय भएको कुरा उल्लेख भएपनि सो बिषयमा कुनै निर्णय नभएको कुरा एक कार्यपालिका सदस्यले बताएका छन् । अधिकृत थापाले पनि अध्यक्ष र आफु मात्र बसेर सो निर्णयको पत्र पठाएको कुरा स्विकारेका छन् ।

त्रिभुवन आदर्श पुस्तकालयको सञ्चालक समिती लामो समयदेखि पुनरगठन हुन नसक्दा सँस्था नबिकरण हुन सकेको छैन यसै मौकाको फाइदा उठाउदै स्थानिय सरकार सञ्चालन ऐनको ब्यवस्था बिपरित उपाध्यक्षको अधिकार खोसेर अध्यक्ष फुलबती राजवँशी र प्रमुख प्रसाशकीय अधिकृत खेमराज थापाले गोप्य बैठक बसी वडालाइ नियम बिपरित पत्र देख्नुले सँस्थाको झण्डै ४ बिघा जग्गामा अध्यक्ष फुलबती राजवँशीले आफ्ना बिश्वास पात्रका रुपमा रहेका वडाध्यक्ष बद्री नारायण यादबसँग मिलेर चलखेल गर्न सक्ने शँका उब्जिएको छ ।   

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्