बझाङ — सुदूरपश्चिम प्रदेशसभा सदस्य देवकी मल्ल अपहरणमा परेकी छन् । शुक्रबार बिहान १० बजेतिर बझाङको केदारस्युँ गाउँपालिका सैन्सुबाट प्रदेश सांसद मल्ल अपहरण परेकी हुन् ।
यो खबर ईकान्तिपुर डटकम मा छापिएको छ |
नारी दिवसको अवसरमा बुङ्गल नगरपालिकामा आयोजना गरिएको कार्यक्रममा सम्बोधनका लागि जाँदै गर्दा सांसद् मल्ल अपहरणमा परेकी हुन्। अपहरण नेकपा (विप्लव समूह)ले गरेको आशंका गरिएको छ।
बझाङका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले सांसद मल्ल अपहरणमा परेको जानकारी आएको र बुझ्ने काम भइरहेको बताए।
सुदूरपश्चिम प्रदेश प्रहरीको उच्च स्रोतका अनुसार सांसद मल्ल अपहरणमा परेकोजानकारी पाउनासाथ प्रहरी टोली परिचालन गरिएको छ।
प्रतिक्रिया लेख्नुहोस्