सीमा वर्ती चेरोरा जँगलमा बिबाद । दुइ जना घाइते ।

पढ्न समय: 1 मिनेट

पुस १८ गौरीगञ्ज । अँगेजी नयाँ बर्षका दिन हुने पिकनिक मेलामा बिबाद हुँदा दुइ नेपाली घाइते भएका छन् । झापाको गौरीगञ्ज वडा नँ ४ र भारतको सीमामा रहेको चेचोरा जँगलमा हिजो पिकनिक मेलाका क्रममा बिबाद हुँदा गौरीगञ्ज ६ का निशान बिक र गौरादह ८ का निश्चल कार्की घाइते भएको कुरा प्रहरीले जनाएको छ ।

- Advertisement -
Ad image

पिकनिक मेलाका क्रममा भारतिय क्षेत्र तर्फ बिबाद भएको कुरा बताइएको छ । घाइतेहरुको न्युरो अस्पताल बिराटनगरमा उपचार भएरहेकोछ भने बिबादको कारण खुल्न नसकेको कुरा प्रहरीले जनाएको छ ।भारतिय क्षेत्र तर्फ बिबाद भएकाले बिबादको कारण खुल्न नसकेको र घटना बारे बुझ्ने काम भइरहेको कुरा गौरीगञ्ज प्रहरीले जनाएको छ । भारतिय क्षेत्र तर्फ घटना भएकाले उनिहरु माथि कसले कुटपिट गरेको समेत खुल्न नसकेको बताइएको छ ।

गौरीगञ्ज वडा नँ ४ र भारतिय सीमामा पर्ने चेचोरा जँगलमा जनवरी १ तारिखका दिन हरेक बर्ष भारत र नेपाल तर्फबाट ठुलो सँख्यामा पिकनिक खान जानेको घुइचो लाग्ने गरेको छ । यो क्षेत्रमा प्राय हरेक बर्ष पिकनिक जानेहरु बीच बिबाद हुने गरेको छ ।  

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्