सरकार ‘दलाल’ को संरक्षक भएको भन्दै अख्तियार घेराउ

पढ्न समय: 1 मिनेट

काठमाडौं । राप्रपा (संयुक्त) सम्वद्ध विधार्थी संगठन र युवक संगठनले सरकार भ्रष्टाचारी, दलाल, बलात्कारीको संरक्षक भएकोभन्दै सरकारको विरोधमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग घेराउ गरिएको छ । 

यो खबर बाह्रखरी डटकममा आज छापिएको छ |

- Advertisement -
Ad image

सरकारले सुनियोजित र नीतिगत रुपमै भ्रष्टाचारलाई संस्थागतगर्दा समेत अख्तियार दुरुपयोग अनुसन्धान आयोग मुकदर्शक बनेको भन्दै युवाहरुले राप्रपा (संयुक्त) ले विरोधस्वरुप अख्तियार परिसर घेराउ गरेका हुन् ।

राप्रपा (संयुक्त) सम्वद्ध विधार्थी संगठन र युवक संगठनद्वारा आयोजित विरोध कार्यक्रमको दौरान युवाहरुले मुलुकमा व्याप्त भ्रष्टाचारको विरोध गर्दे अख्तियार प्रवक्ता प्रदिप कोइराला समक्ष ज्ञापन पत्र बुझाएका थिए ।

ज्ञापन पत्रमा सत्ता पक्ष र प्रतिपक्षको राष्ट्रिय सहमति रहेको वाइड बडी प्रकरण, बालुवाटार जग्गा काण्डलगायतका अनियमिततामा कारबाहीको माग गरिएको छ ।

राप्रपा (संयुक्त) कार्यसम्पादन समितिका सदस्य तथा विधार्थी संगठनका संयोजक जगत गौचनले घेराउ कार्यक्रमलाई सम्बोधन गर्दै सरकारकै नेतृत्व र संरक्षणमा भ्रष्टाचार जीवन पद्धति बनाइएकोमा आपत्ति जनाए ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *