सफ्टवेयरमा समस्या देखिएपछि झापामा अनिश्चितकालका लागि राहदानी सेवा अवरुद्ध

पढ्न समय: 1 मिनेट

झापा । झापामा अनिश्चितकालिन राहदानी सेवा अवरुद्ध भएको कुरा जिल्ला प्रशासन कार्यालय झापले जनाएको छ ।‌ जिल्ला प्रशासन कार्यालय झापाले सोमबार एक सूचना जारी गर्दै सोमबार देखि राहदानी सेवा अवरुद्ध भएको जानकारी गराएको हो ।

सुचना


सुचनामा भनिएको छ- विद्युतीय राहदानी (E-Passport) को अनलाईन प्रणाली (EMRTDS) सम्बन्धी सफ्टवेयरमा समस्या आएको कारण अनलाईन कार्य हुन नसकेको र उक्त समस्या समाधान गर्न केही समय लाग्ने भन्ने राहदानी विभागबाट जानकारी प्राप्त भएको हुँदा अर्को सूचना प्रकाशित नभए सम्मका लागि बायोमेट्रिक तथा फोटो खिच्ने कार्य अवरूद्ध भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना जारी गरिएको छ । यस सम्बन्धी जानकारी कार्यालयको सूचनापार्टी, वेभसाईट र फेसबुक पेज मार्फत प्रकाशित गरिनेछ ।

- Advertisement -
Ad image
प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्