वडा नं ३ द्वारा सामुदायिक विद्यालयका विद्यार्थीलाई ब्याग बितरण

पढ्न समय: 1 मिनेट

पुस २०, गौरीगञ्ज । गौरीगञ्ज गाउँपालिका वडा नं ३ कि कार्यालयले विद्यार्थी हरुलाई स्कुल ब्याग बितरण गरेको छ ।‌ वडा कार्यालयले आफ्ना वडा भित्र सञ्चालित सामुदायिक विद्यालय का कक्षा १ देखि ५ सम्म अध्ययनरत विद्यार्थी हरुलाई स्कुल ब्याग बितरण गरेको हो ।

- Advertisement -
Ad image

वडा बाट शिक्षा विकासका छुट्याईएको सिलिङ बजेट बाट ब्याग बितरण गरेको कुरा वडा नं ३ का वडाध्यक्ष श्रवण गिरी ले बताएका छन् । बडाले मँगलबार गौरी प्राबि ठेकिटोलमा र आज बुधबार गौरीगञ्ज माबि र गौरीगञ्ज प्राबि मा ब्याग बितरण गरेको हो ।

गाउँपालिका अध्यक्ष फुलबती राजवँशी को प्रमुख आतिथ्यतामा बुधबार गौरीगञ्ज प्रावि मा भएको ब्याग बितरण कार्यक्रम मा वडाध्यक्ष श्रवण गिरी वडा सदस्य हरु गँगा राजवंशी, सुशिल राई , शर्मिला राई र मिना पासवान लगायत विद्यालय का शिक्षक शिक्षिका हरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्