राजवँशीको मृत्यु पछी गौरादह नगरपालिकामा तनाब

पढ्न समय: 1 मिनेट

गौरीगञ्ज, १३ असोज । योजना फरफारक गर्न आएका गौरादह ८ भुडेसिमलका धनबिर राजवँशीको आईतबार मृत्यु भएपछी गौरादह नगरपालिका कार्यालयमा स्थानियहरुले सोमबार राजबँशीको लास सहित नाराबाजी गरेका छन् । ढाबालाल भनिने अन्दाजि ५८ वर्षिय धनबिर राजबँशी स्थानिय एक टहरा निर्माण को उपभोक्ता समितीका अध्यक्ष थिए । तिनै टहराको फरफारक लिन उनि आईतबार गौरादह नगरपालिका कार्यालय पुगेका थिए । यस अघि पनि उनि फरफारकका लागि धेरै पटक नगरपालिका धाएको तर कार्यालयले बिभिन्न कागजात नपुगेको भनेर अनाबश्यक दुख दिदै फर्काउदै गरेको स्थानियहरुले बताएकाछन् ।
आईतबार पनि उनलाई इन्जिनियर सचीन क्षेत्रीले फर्काएको कुरा स्थानियहरु बताउछन् । फरफारक लिन आईतबार नगरपालिका कार्यालय पुगेका उनि त्यहि बेहोस भई ढलेका थिए । दमक स्थित आम्दा अस्पतालमा उपचार सँभव नभएपछी उनलाई बिराटनगर स्थित नोबेल अस्पताल लैजादै गर्दा उनको मृत्यु भएको थियो ।

- Advertisement -
Ad image

सोमबार राजबँशीको लास सहित प्रदर्शनमा उत्रिएका स्थानियहरुले भ्रष्ट कर्मचारी चाहिदैन, सेवा ग्राहिलाई दुख दिन पाइदैंन लगायतका नारा लगाउदै प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *