Happy Tihar 2082

राजगार सँयोजकको प्रारम्भिक नतिजा सार्बजनिक : गौरीगञ्जका ३ जना छनौटमा

पढ्न समय: 1 मिनेट

गौरीगञ्ज हरेक स्थानीय तहका खटिने राजगार सँयोजकका लागि आएको आबेदन मध्येबाट सरकारले प्रारम्भिक सर्ट लिस्ट प्रारम्भिक नतिजा सार्वजनिक गरेको छ । पहिलो पटक स्वचालित कम्प्युटर प्रणालीबाट नतिजा सार्वजनिक गरिएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । प्रत्येक प्रदेश को छुट्टा छुट्टै नतिजा सार्वजनिक गरेको प्रदेश नँ १ को नतिजामा गौरीगञ्जका सिम्वोल नँ ५४२८ रुद्र प्रसाद ढुँगाना सिम्बोल नँ १६१४४ महेन्द्र प्रसाद हजाम र सिम्बोल नँ १२८७२ बेगम राइ छनौटमा परेका छन् । प्रदेश नँ १ को हकमा छनौटमा परेका हरुको कम्प्युटर सीप परिक्षण शाखा अधिकृत सरहहरुका लागि फायुन ११ गते र नासु सरहहरुका लागि फागुन १२ गते इन्जिनियरिँग अध्ययन सँस्था सुचना प्रविधि केन्द्र पुलचोक ललितपुरमा हुने कार्यालयले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *