रहेनन् पत्रकार पुष्करलाल श्रेष्ठ

पढ्न समय: 1 मिनेट

नेपाल समाचार पत्रका प्रधान सम्पादक पुष्करलाल श्रेष्ठको निधन भएको छ। ६० वर्षीय  श्रेष्ठको उपचारका क्रममा बुधबार बिहान १२ बजे नर्भिक अस्पतालमा निधन भएको हो।

पाँच महिनाअघि श्रेष्ठको मृर्गौलाको र नाक शल्यक्रिया गरिएको थियो। त्यसपछि उनलाई जिबिएस भाइरसको संक्रमण भएको थियो।भारतको मेदान्त र राजधानीका विभिन्न अस्पतालमा उनको उपचार गराइएको थियो तर रोग निको भएन। 

- Advertisement -
Ad image

कामना न्युज प्रकाशन प्रालिका प्रकाशक तथा सम्पादक रहेको श्रेष्ठ तीन दशकदेखि पत्रकारितामा थिए।

अन्तिम श्रद्धान्जलीका लागि उनको शव दिउँसो १ बजेदेखि भूगोल पार्कमा राखिनेछ। उनको आजै अन्त्येष्टी गर्ने पारिवारिक स्रोतले जानकारी दिएको छ।

(सेतोपाटी डटकमबाट)

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *