
३३ जेठ मोरँग । आज एकै दिन मोरङको रतुवामाई नगरपालिकाका २५ जनामा कोरोना सँक्रमण पुष्टी भएको छ । स्थित कुवारेन्टाईनमा बस्दै आएका २५ जनामा कोरोना देखिएको छ । भारतका बिभिन्न शहरहरुबाट फर्केर नगरपालिकाका बिभिन्न क्वारेन्टाइन मा बसिरहेका ५१ जनाको पिसिआर संकलन गरी प्रदेशीक प्रयोगशालामा परिक्षणका लागी पठाउदा आज २५ जनामा कोरोना पुष्टि भएको नगरपालिकाका मेयर रविन राईले जानकारी दिए ।
उनिहरुको उपचारका लागी विराटनगर स्थित प्रादेशीक कोभिड कोशी अञ्चल अस्पताल लैजाने तयारी भइरहेको मेयर राईले जानकारी दिए । यो सँगै यो सँगै रतुवामाईमा संक्रमितको संख्या ४७ जना पुगेको छ । भने १ जना सँक्रमण मुक्त भएर घर फर्केका छन् ।
यस अघि रतुवामाई नगरपालिकामा २२ जना संक्रमित फेला परेका थिए ।
आज रतुवामाइका २५ र गौरीगञ्ज का १ सहित देशभर ४२५ जनामा सँक्रमण पुष्टी भएको छ । यो सँगै सँक्रमितको कुल सँख्या ५७६० पुगेको छ भने सँक्रमणका कारण ज्यान गुमाउनेको सँख्या १९ पुगेको छ ।