रंगेली अस्पताल काे सेवा शुन्यमा झर्‍यो : जिल्ला अस्पताल प्राथमिक अस्पतालमा परिणत

पढ्न समय: 3 मिनेट



रबिन्द्र बराल

माेरङकाे रंगेली नगरपालिका ७ मा रहेको रंगेली जिल्ला अस्पताल २०७३ सालमा ४ करोडौं काे लागनिमा निर्माण गरिएको दुई तल्ले पक्की भवन ३२ काेठा भवन निर्माण भए पछि यस भेगका सर्वसाधारण हरु खुसिले दङ्ग भए तर पनि रंगेली अस्पतालमा डाक्टर,अाैषधि,तथा उपकरण हरु काे अभावले उपचारका लागि रंगेली देखि २२ किलोमिटर रहेको बिराटनगर का विभिन्न अस्पतालमा उपचार गराउन जान बाध्य छन ।
नेपाल सरकारले जिल्ला अस्पताल रंगेली लाई प्राथमिक अस्पताल मा परिणत गरेको छ । भने ५० जना काे दरवन्दि रहेको अस्पतालमा २८ जना काे दरवन्दि कायम समेत गरेको छ । अस्पताल का डाक्टर , कर्मचारी तथा सुईपर हरु ले बिगत दुई महिना देखि तलव समेत खान पाएका छैनन् । त्यति मात्रै हाेईन अति अावश्यक पर्ने सिटामाेल ,स्रिन्ज, अाैषधि समेत अभाव रहेको छ । सरसफाइ काे लागि कुचाे,फिनेल जस्तो कुरा समेत छैन जस्का कारण सरसफाइमा समेत समस्य रहेको सुईपर हरु बताउँछन् । बिगत ३ महिना देखि एक्सेरे मेसिन समेत बिग्रेर बेकामे बनेको छ । ceonc कार्यक्रम अन्तर्गत अामा सुरक्षा काे अाैषधि अभावका कारण उक्त सेवा समेत बन्द रहेको छ । रातिको समयमा बिधुत कटाैति भए अन्धकारमा माेवाईल र मैन बत्ति काे भरमा सेवा दिन बाध्य रहेका छन । अस्पतालमा जेनेरेटर भएता पनि तेल हाल्ने रकम नहुदा अझै समस्या परेको छ । अस्पतालमा अक्सिजन काे समेत अभाव रहेको र अामा सुरक्षा कार्यक्रम काे यातायात खर्च समेत बिगत दुई महिना देखि बिरामी हरुले पाउन सकेकाे स्थानीय सरकार र प्रदेश सरकारलाई बारम्बार लिखित पत्र गरि जानकारी गराएता पनि हाल सम्म कुनै चासाे नदेखाएको कारण ले गर्दा अाईतबार देखि अस्पताल काे अाकस्मिक सेवा बाहेक सबै का ठप्प गर्ने प्रेस बिज्ञप्ति समेत निकालिएको अस्पताल का सुचना अधिकृत गाेविन्द कटुवालले बताए । रंगेली अस्पतालमा पहिले ४५ जना काे दरवदि रहेको भएता पनि नेपाल सरकारले प्राथमिक अस्पताल धाेषण गरेपछि २८ जना काे दरवन्दि दिएकाे छ । जस मध्ये नासु १ जना डाक्टर ३ जना, रेडियो ग्राफि १ जना , ल्यव १ जना,
ल्यव असिस्टेसन १ जना, स्टाप नर्स ५ जना, हेल्प असिस्टेसन ४ जना, अहेव १ जना, अनमि ३ जना, लेखा प्रमुख १ जना, डाईभर ६ जना रहेका छन । तर अस्पतालमा भने एउटा पनि साईकल छैन तर डाईभर काेे दरवन्दि भने ६ जना दिएकाे छ ।
अस्पतालमा रंगेली नगरपालिका ,सुनवर्सि नगरपालिका ,धनपालथान गाउँ पालिका , सुनवर्सि नगरपालिका , कानेपाेखरी नगरपालिका का केही सर्वसाधारण तथा भारकाेे कुर्साकट्टा,कुवाडि, सिमावर्ति क्षेत्रमा बसाेवास गर्ने गरिव घर परिवारका सर्वसाधारण हरु ले सेवा लिदै अाएका छन ।
अस्पतालेे दैनिकी ४० देखि ५० हजार रुपैयाँ काे अम्दानी गर्ने गरेता पनि अहिले भने अाम्दानीमा कमि समेत अाएकाे छ ।

- Advertisement -
Ad image
प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *