Happy Tihar 2082

रँगशाला बनाउन धुर्मुस- सुन्तलीलाई मलेसिया बाट पैतिस लाख

पढ्न समय: 1 मिनेट

चितवनमा बनाउन लागिएको गौतम बुद्ध क्रिकेट स्टेडियमका लागि मलेसियामा रहेका नेपालीले ३५ लाख रुपैयाँ सहयोग गरेका छन् । 

क्रिकेट स्टेडियम निर्माणका लागि सहयोग अभियान लिएर त्यहाँ पुगेका कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ को उपस्थितिमा तीन सहरमा भएको ‘सिटी एक्सप्रेस धुर्मुस-सुन्तली साँझ २०७५’ का क्रममा ३५ लाख ७१ हजार रुपैयाँ सहयोग जुटेको हो । 

- Advertisement -
Ad image

क्रिकेट स्टेडियम निर्माणका एक अभियन्ता धुर्मुसका अनुसार मलेसियाका तीन सहरमा गरिएको मनोरञ्जनात्मक कार्यक्रमका क्रममा त्यो सहयोग उठेको हो । मलेसियाका तीन शहरहरु क्वालालम्पुर, जोहोरबारु र पेनाङमा गरिएको कार्यक्रमका क्रममा नेपाली दर्शकहरुले स्वःस्फूर्त उक्त सहयोग गरेको धुर्मुसले बताएका छन् । 

कार्यक्रमस्थलबाटै २० लाख ७१ हजार रुपैयाँ स्टेडियम निर्माण अभियानलाई सहयोग जुटेको हो भने आयोजक सिटी एक्सप्रेसले १५ लाख थपिदिएको हो । 

‘मलेसियामा रहनुभएका नेपाली दाजुभाइ दिदीबहिनीहरुले देखाएको उत्साह र सकारात्मक सहयोगले हामी हर्षित भएका छौं’, धुर्मुसले भनेका छन्, ‘त्यहाँका व्यवसायी, समाजसेवी र कम्पनीमा कार्यरत नेपालीले यस अभियानलाई सहयोग गर्न फेरि भ्रमणको निम्तो दिनुभएको छ ।’

धुर्मुसले क्रिकेट स्टेडियम निर्माणका लागि विदेशमा रहेका नेपालीले ठुलो आँट र हिम्मत दिएको पनि बताएका छन् । 

अन्नपुर्ण पोस्ट बाट

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *