Happy Tihar 2082

भ्रष्टाचार बिरुद्ध जेन जी पुस्ता भोलि सडकमा उत्रिदै

पढ्न समय: 1 मिनेट

सामाजिक सञ्जाल बन्दको विरोधमा र भ्रष्टाचारविरूद्ध जेनजी पुस्ताले सोमबार काठमाडौंमा प्रदर्शन गर्ने भएका छन्।

सन् १९९७ देखि २०१२ को बीचमा जन्मिएका पुस्ता जेन जीले सामाजिक सञ्जाल बन्दको विरोधमा र भ्रष्टाचारविरूद्ध काठमाडौंको माइतीघर मण्डलमा प्रदर्शन गर्न लागेका हुन्।

- Advertisement -
Ad image

माइतीघर मण्डलमा भदौ २३ गते बिहान ११ बजे प्रदर्शन हुनेछ।

विद्यार्थीहरू पोशाक लगाएर परिचय पत्रसहित कम्तीमा एउटा किताबसहित माइतीघर मण्डलमा उपस्थित हुन उनीहरूले आग्रह गरेका छन्। यसबारे सामाजिक सञ्जाल टिकटकमा टेण्ड नै चलिरहेको छ। 

नेपालमा दर्ता गर्न नआएका सामाजिक सञ्जाललाई सरकारले बन्द गर्ने निर्णय गरेको थियो। प्रधानमन्त्री भइसकेका मानिसहरू संलग्न आरोप लागेका तर अझै पनि कानुनी दायरामा नआएका ललिता निवास जग्गा प्रकरण लगायत ठूला भ्रष्टाचार, वंशवाद, असमान सम्झौता, नागरिक अधिकार हनन्, बेरोजगारीलगायत मुद्दा उठान गर्दै जेनजी पुस्ताले प्रदर्शन गर्न लागेका हुन्।

उनीहरूले देशमा सुशासन, रोजगारी सिर्जनाको वातावरणलगायत हुनुपर्ने बताएका छन्। 

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्