भोलि ७ गते राप्रपाले निशेधित क्षेत्र तोड्ने : सरकारलले कारवाही गर्ने
बैशाख ६ काठमाण्डौ । भोलि बैशाख ७ गते राष्ट्रिय प्रजातन्त्र पार्टीले आन्दोलनको पुर्व घोषित कार्यक्रम अनुसार निशेधित क्षेत्र तोडेर प्रदर्शन गरेपछी सरकारले कारवाही गर्ने चेतावनी दिएको छ ।
गृहमन्त्रालयले एक बिज्ञप्ती जारी गर्दै निशेधित क्षेत्र सँबिधान र कानुन उलँघन गर्ने कुनैपनि गतिबिधि सैह्य नहुने बताएको छ ।
राजतन्त्रको पुनर्स्थापनाको माग गर्दै राप्रपा केहि समय यता आन्दोलित छ । गत चैत्र १५ गतेको राजाबादीको आन्दोलनका क्रममा आफ्ना नेताहरु पक्राउ परेकोमा उनिहरुको निसर्त रिहाइको माग सहित केहि दिन अघिराप्रपाले बैशाख ७ गते निशेधित क्षेत्र तोडेर राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन सहितका नेताहरुले गिरफ्ती दिने घोषणा गरेका थिए ।
प्रतिक्रिया लेख्नुहोस्