फोटो खिच्न बन्देज लगाइएको ठाउँमै राष्ट्रपतिसँग ‘सामूहिक फोटो ’ !

पढ्न समय: 1 मिनेट

काठमाडौं, वैशाख ९ ।

फोटो खिच्न बन्देज लगाइएको भक्तपुरको तलेजुभित्र शनिबार खिचिएको राष्ट्रपति विद्यादेवी भण्डारीसहितको सामूहिक फोटो भाइरल बनेको छ ।

- Advertisement -
Ad image

भक्तपुरको तलेजुभित्रको फोटो खिच्न बन्देजसम्पदा स्थलमा खिचिएको राष्ट्रपति भण्डारीसहितको फोटो भाइरल बनेको हो ।सामाजिक सञ्जाल फेसबुकमा फोटो भाइरल भएको हो । फोटो भक्तपुर दरबार क्षेत्रको स्वर्णगजुरबाट भित्र तलेजुको प्रवेशद्वारमा खिचिएको देखिन्छ । तलेजु मन्दिरभित्र जान जुत्ता खोल्नुपर्ने नियम छ ।

तस्वीरमा राष्ट्रपति भण्डारी भक्तपुर उद्योग वाणिज्य संघले शनिबार दरबार क्षेत्रमा गरेको कार्यक्रममा आइपुग्दा खिचिएको थियो । –नागरिक दैनिकबाट
तस्वीर : अमित बनमालाको फेसबुक

शब्द – कालिका न्युज डटकम बाट

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *