Happy Tihar 2082

प्रदेश १ को नाम र राजधानी तोक्न समिति

पढ्न समय: 1 मिनेट

विराटनगर/ प्रदेश १ का नाम र राजधानीको मुद्दा प्रदेश सभामा प्रवेश गराउन प्रदेश सभा संचालन नियमावली संशोधनकालागि समिति गठन भएको छ ।

प्रदेशको नाम र राजधानीको बिषय लामो समयसम्म अल्भिएको अबस्थामा प्रदेश सभामा प्रबेश गराउनको लागि प्रदेश सभा संचालन नियमावली संशोधन गर्न समिति गठन भएको हो ।

- Advertisement -
Ad image

प्रदेश सभाको तेश्रो अधिबेशनको पाँचौ बैठकमा प्रदेश सभा नियमावली २०७४को नियम २०२ (३) बमोजिम नियमावली संशोधन मस्यौदा समिति गठन भएको हो । नेकपाका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले प्रस्ताव गरेको समितिलाई कांग्रेसका सांसद शिवनारायण गन्गाईले समर्थन गरेका थिए । 

बैठकले मस्यौदा संसोधन समिति सर्वसम्मतले गठन गरेको छ । समितिले नियमावली संसोधन गरि प्रदेश सभामा प्रदेशको नाम र राजधानि तोक्ने विषयलाई प्रवेश गराउने बाटो खोल्ने छ । नियमावली संशोधन मस्यौदा समितिमा तुलसी प्रसाद न्यौपाने, कुसुम श्रेष्ठ, लक्ष्मण तीवारी, लीला सुब्बा, केदार कार्की, जयराम यादव र राजकुमार ओझा रहेका छन् ।समितिलाई प्रतिवेद पेश गर्न १५ दिनको समय दिइएको छ ।

खबर पुर्वाञ्चलबाट साभार

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *