भदौ १५ गौरीगञ्ज । निजि तथा आवासिय बिद्यालयहरुको छाता सँगठन प्यावसन पालिका समिती गौरीगञ्जको अन्तर बिद्यालय स्तरिय अतिरिक्त कृयाकलाप प्रतियोगिता सम्पन्न भएको छ । गौरीगञ्ज वडा नँ ३ स्थित ज्ञानोदय आवासिय माबिमा सम्पन्न प्रतियोगितामा बिभिन्न १० बिधाहरुमा प्रतिस्पर्धा भएको थियो ।

प्रतियोगितामा कक्षा १ देखि ५ सम्मको चित्रकला प्रतियोगितामा क्षात्र तर्फ ज्ञानकुञ्ज एकेडेमी प्रथम स्नो ह्वाइट दोश्रो र एड्भानस वर्ल्ड तेश्रो भएको थियो भने चित्रकला कै क्षात्रा तर्फ स्नो ह्वाइट प्रथम क्रिमसन दोश्रो र युनिभर्सल तेश्रो भएको थियो । त्यस्तै कक्षा १ देखि ३ सम्मको रँग भर्ने प्रतियोगितामा क्षात्र तर्फ युनिभर्सल प्रथम न्यु युनिभर्सल दोश्रो र मुनलाइट तेश्रो भएको थियो भने क्षात्रा तर्फ मुनलाइट प्रथम ज्ञानकुञ्ज दोश्रो र एड्भान्स वर्ल्ड तेश्रो भएको थियो ।
कक्षा ५ सम्मको हाजिरी जवाफमा एड्भान्स वर्ल्ड प्रथम सनसाइन दोश्रो र ज्ञानकुञ्ज तेश्रो भएको थियो भने कक्षा ८ सम्मको हाजिरि जवाफमा ज्ञानकुञ्ज र न्यु युनिभर्सल प्रथम ज्ञानोदय दोश्रो र मुनलाइट र क्रिमसन तेश्रो भएको थियो ।
त्यस्तै कक्षा ५ सम्मको श्रुति लेखनमा मुनलाइट प्रथम ज्ञानोदय दोश्रो र देवकोटा तेश्रो भएको थियो भने कक्षा ८ सम्मको श्रुति लेखनमा मुनलाइट प्रथम ज्ञानोदय दोश्रो र क्रिमसन तेश्रो भएको थियो
कक्षा ५ सम्मको नेपाली हेण्डराइटिङ तर्फ मुनलाइट प्रथम न्यु युनिभर्सल दोश्रो र क्रिमसन तेश्रो भएको थियो भने अँग्रेजी हेण्डराइटिङ तर्फ ज्ञानोदय प्रथम देवकोटा दोश्रो र मुनलाइट तेश्रो भएको थियो ।
कक्षा १० सम्मको नेपाली निवन्ध लेखन तर्फ ज्ञानोदय प्रथम युनिभर्सल दोश्रो र ज्ञानकुञ्ज तेश्रो भएको थियो भने कक्षा ८ सम्मको नेपाली निवन्ध लेखन तर्फ ज्ञानोदय प्रथम ज्ञानकुञ्ज दोश्रो र क्रिमसन तेश्रो भएको थियो ।
कक्षा ८ सम्मको अँग्रेजी निवन्ध लेखन तर्फ मुनलाइट प्रथम ज्ञानकुञ्ज दोश्रो र स्नो ह्वाइट तेश्रो भएको थियो भने कक्षा १० सम्मको अँग्रेजी निवन्ध लेखन तर्फ क्रिमसन प्रथम मुनलाइट दोश्रो र युनिभर्सल तेश्रो भएको थियो । कक्षा ५ सम्मको अँग्रेजी श्रुति लेखन तर्फ ज्ञानकुञ्ज प्रथम न्यु युनिभर्सल र क्रिमसन दोश्रो र मुनलाइट र देबकोटा तेश्रो भएको थियो भने कक्षा ८ सम्मको अँग्रेजी श्रुति लेखन तर्फ देबकोटा प्रथम ज्ञानकुञ्ज दोश्रो र क्रिमसन तेश्रो भएको थियो ।
कबिता लेखन तथा बाचन प्रतियोगिताको क्षात्र तर्फ ज्ञानकुञ्ज प्रथम क्रिमसन दोश्रो र देवकोटा तेश्रो भएको थियो भने क्षात्रा तर्फ देबकोटा प्रथम ज्ञानकुञ्ज दोश्रो र न्यु गुनिभर्सल तेश्रो भएको थियो ।
नेपाली बक्तृत्वकला तर्फ ज्ञानकुत्र्ज प्रथम क्रिमसन दोश्रो र ज्ञानोदय तेश्रो भएको थियो भने अँग्रेजी तर्फ ज्ञानोदय प्रथम देवकोटा दोश्रो र स्नो ह्वाइट तेश्रो भएको थियो ।
प्यावसन गौरीगञ्जका अध्यक्ष गोपाल राजवँशीको सभापतित्व र वडा नँ ३ का वडाध्यक्ष श्रवण गिरीको प्रमुख आतिथ्यतामा भएको प्रतिसयोगितामा गौरीगञ्ज गापाका पुर्व उपाध्यक्ष दिपेन्द्र थापा प्यावसन कोशी प्रदेशका सल्लाहकार ध्रुव गौतम झापा सल्लाहकार कमलेश्वर रनजवँशी र जनार्दन ढकाल लगायत बिभिन्न बिद्यालयका प्रतिनिधि तथा प्यावसन गौरीगञ्जका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।