निजि तथा आवासीय बिद्यालयहरुको छाता सँगठन प्याबसन गौरीगञ्जले आयोजना गरेको साँस्कर्तिक कार्यक्रम आज सम्पन्न भएको छ । कार्यक्रममा वडा नँ ३ स्थित स्नो ह्वाइट स्कुलले ३ वटा बिधामा जीत हात पारेका छन् । बिद्यालयले सास्त्रिय नृत्य तर्फ प्रथम स्थान हालिल गरेका छन् बिभिन्न जातजातिको सँस्कृति झल्कने नृत्य तर्फ पनि प्रथम स्थान हासिल गरेका छन् । त्यसैगरि जुनियर लेभलको गायन तर्फ समेत बिद्यालयले प्रथम स्थान हासिल गरेका छन् ।
त्यस्तै सास्त्रिय नृत्य तर्फ सनसाइन स्कुल द्वितिय र क्रिमसन स्कुल तृतिय भएका छन् भने युनिभर्सलले सान्त्वनामा चित्त बुझाएका छन् । त्यसै गरि बिभिन्न जातजातिको सँस्कृती झल्किने नृत्य तर्फ देबकोटा दोश्रो र युनिभर्सन तेश्रो भएका छन् भने ज्ञानोदयले सान्तवनामा चित्त बुझाएका छन् ।
जुनियर लेभलको गायन तर्फ युनिभर्सल दोश्रो र क्रिमसन तेश्रो भएका छन् भने सिनियर गायन तर्फ क्रिनसन स्कुल प्रथम ज्ञानोदय दोश्रो र स्नोह्वाइट तेश्रो भएका छन् । उच्च माबि तहको गायनमा भने देबकोटा प्रथम र युनिभर्सल दोश्रो भएका छन् ।
प्यावसन गौरीगञ्जका अध्यक्ष गोपाल राजवँशीको सभापतित्वमा युनिभर्सल एकाडेमी खजुरगाछीको पाँगणमा भएको कार्यक्रममा बिशिष्ट ब्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।