गौरीगञ्ज । गौरीगञ्ज गाउँपालिका वडा नँ ३ स्थित गौरीया खोला किनारको अस्थायी झुपडीमा बस्दै आएकी असहाय कदमी देवी मुखियाले नयाँ घर पाउने भएकी छन् । गौरीया खोलाको किनारमा सिमेन्टको बोराले बारेर माझी परालको छानो हाली गुजारा गर्दै आएकी उनलाइ गौरीगञ्ज गाउँपालिका सहारा नेपाल र ह्याबिटाट फर ह्युमानिटीले सँयुक्त लगानीमा भुकम्प प्रतिरोधात्मक घर बनाइ दिन लागेको हो ।
गत फागुन १५ गते देखि बनाउन थालिएको सो घरमा श्रम दान गर्न आज बुधबार जापानको फुकुओआ युनिभर्सिटी र कनामोति युनिभर्सिटीबाट १२ जना स्वयम् सेवक बिद्यार्थीहरु आइ पुगेका छन् । उनिहरु १ हप्तामा सो घर बनाएर २९ गते मुखियालाइ हस्तान्तरण गरि सक्ने कुरा स्वयम् सेवक टोलीका सँयोजक आलोक खतिवडाले बताएका छन् । वडा नँ ३ का वडाध्यक्ष मखना महतोले सो घर निर्माण सहयोगार्थ २४ गते वडा समितीबाट टोली सहित श्रम दान गर्ने कुरा बताएका छन् ।
कदमी देवी मुखिया असहाय एकल महिला हुन उनि बर्षौ देखि सो झुपडीमा एक्लै बस्दै आएकी छन् । उनको कोही पनि आफन्त नभएको कुरा उनका छिमेकीहरु बताउछन् ।
पाउने भइन असहाय कदमी देवीले नयाँ घर

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्