Happy Tihar 2082

पाँचथरको फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष अम्बर नेम्वाङको निधन

पढ्न समय: 1 मिनेट

पाँचथरको फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष अम्बरकुमार नेम्वाङको निधन भएको छ । फाल्गुनन्द गाउँपालिकाको वडा नम्बर ५ मा आयोजित कार्यक्रममा कुर्सीमै मुर्छा परेर लडेका ७८ वर्षीय नेम्वाङको उपचारका लागि अस्पताल पुर्‍याएपछि निधन भएको हो । फाल्गुनन्द गाउँपालिकाको वडा नम्वर ५ ले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित नेम्वाङ मन्तव्य राखि सकेपछि अचानक मुर्छा पर्नुभएको थियो । कुर्सीमै मुर्छा परेर लडेका ७८ वर्षीय नेम्वाङको नेम्वाङलाई तत्काल स्थानीय क्लिनिकमा स्वास्थ जाँच गराउँदा अस्पताल लैजाने सुझाव पाएसँगै इलाम जिल्ला अस्पताल लगिएको थियो । उहाँलाई इलाम जिल्ला अस्पतालमा चिकित्सकहरुले मृत घोषणा गरेका हुन् । अस्पताल पुर्‍याउँदा हर्ट विट र पल्सले काम गर्न छोडिसकेको थियो । उहाँका पुरै अंग निष्कृय भइसकेका थिए । मुर्छा परे लगत्तै निधन भइसकेको हुन सक्ने इलाम अस्पतालका डाक्टर पवनजंघ रायमाझीले भनाई थियो । यसअघि नेपाली कांग्रेसका तर्फबाट गाउँपालिका अध्यक्ष बनेका नेम्वाङ २०४९ र ०५४ सालमा साविक पौवासारताप गाविसको अध्यक्ष हुनुभएको थियो । नेम्वाङ साहित्यमा समेत दख्खल राख्नुहुन्थ्यो । उहाँको साँझको अवसान तरेलीहरु कविता र अमेरिका भ्रमणका केही सम्झनाहरु संस्मरण प्रकाशन भइसकेको छ । नेम्वाङलाई यसैवर्ष नेपाल सरकारले सुप्रवल जनसेवा श्रीबाट समेत विभूषित गरेको थियो ।यो खबर आजको ईकान्तिपुर डटकममा छ |

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *