Happy Tihar 2082

नौ महिना देखि गौरीगञ्ज अस्पतालको नियमित भिडियो एक्स-रे सेवा ठप्प ।

पढ्न समय: 3 मिनेट

नयाँ खरिद प्रकृयामा आलटाल

- Advertisement -
Ad image

असोज ९ गौरीगञ्ज । गौरीगञ्ज आधारभुत अस्पतालले हरेक बुधबार नियमित रुपमा दिदै आएको भिडियो एक्स-रे सेवा बिगत ९ महिना देखि ठप्प भएको छ । सेवा शुरु गरेको केहि महिनामै भिडियो एकस-रे मेसिन बिग्रिएपछी सो सेवा बिगत ९ महिना देखि ठप्प रहेको कुरा श्रोतले जनाएको छ । २०८१ असार ७ गते निम्स असपताल दमकसँग भएको एक सँझौता अनुसार निम्स अस्पतालबाट हप्तामा एक दिन रेडियोलोजिस्ट बोलाएर हरेक हप्ता नियमित भिडियो एक्स-रे सेवा प्रदान गर्ने सहमती भएको थियो । सोहि सौझौता अनुरुप गौरीगञ्ज अस्पतालले हरेक बुधबार बिरामीहरुलाइ आवश्यक्ता अनुसार भिडियो एक्स-रे सेवा नियमित रुपमा दिदै आएको थियो । तर नियमित सेवा सुरु गरेको केहि महिनामै मेसिन बिग्रिएपछी सेवा ठप्प भएको हो ।  

अस्पतालका मेसु डा बिश्वास बिक्रम खरेलका अनुसार मेसिनमा खराबि आएपछी सो मेसिन बनाउन काठमाण्डौ पठाइएको र बनाएर पनि ल्याइ सकेको अबस्था छ तर यो मेसिनले नियमित सेवा दिन सकिने अबस्था छैन । लगातार दुइ तिन जना बिरामीको एक्स-रे गर्ने बितिकै मेसिनले कामै गर्न छोड्छ । आकिस्मिक सेवामा अत्यावश्यक परे मैले आफै भिडियो एक्स-रे गर्ने गरेको छु । तर हरेक बुधबारको नियमित सेवा यो मेसिनबाट प्रदान गर्न सकिने अबस्था छैन – उनले भने । उनका अनुसार अस्पतालले गाउँपालिकालाइ नयाँ मेसिन खरिदका लागि अनुरोध गरेको तर गाउँपालिकाले खरिद प्रकृया शुरु गर्यो कि गरेन भन्ने आफुलाइ थाहा नभएको बताएका छन् । नयाँ मेसिन आउने बितिकै नियमित एक्स-रे सेवा शुरु गरिने उनले बताएका छन् ।

भिडियो एक्स-रे सेवा मात्र होइन अस्पतालमा निशुल्क तथा बिमाको औषधि बितरणमा समेत बेथिति देखिएको छ । अस्पतालमा निश्ल्क बितरण गरिने र बिमाबाट काटिने गरि बितरण गर्ने औषधीको समेत अभाव देखिएको छ । गाउपालिकाले औषधी खरिद प्रकृया अघि नबढाउँदा अस्पतालले बिरामीहरुलाइ निशुल्क तथा बिमाको औषधी बितरण गर्न सकेको छैन । बिहाबार सेवा लिन आएका अधिकाँश बिरामीले पुर्जामा लेखिएका मध्ये आधा औषधी मात्र पाएका छन् । ।

यसबारे स्वास्थ्य शाखा गौरीगञ्जका प्रमुख रामचन्द्र मिश्रसँग प्रश्न गर्दा उनले एक्स-रे मेसिन र औषधी खरिदका लागि टेण्डर प्रकृयाका सम्पुर्ण कागजातहरु पुरा गरि आफुले भदौको पहिलो हप्ता नै गाउँपालिका प्रसाशनमा बुझाइ सकेको बताए । इञ्जिनियरले प्राबिधिक स्टिमेट बनाएपछी प्रशासनले टेण्डर बिज्ञापन प्रकाशित गर्नु पर्ने हो – उनले बताए ।

एक्स-रे मेसिन र औषधी खरिद प्रकृया केमा अल्झेको हो भनि प्रमुख प्रसाशकीय अधिकृत खेमराज थापालाइ प्रश्न गर्दा उनले केहि प्राबिधिक काम बाकी रहेकाले ढिलाइ भएको बताएका छन् । आजै टेण्डर बिज्ञापन प्रकाशित गर्ने तर्खरमा थियौँ । तर आज इञ्जिनियर सुशान्त बुढाथोकी नआएकाले निकाल्न सकेनौँ । उहाँ भोलि कार्यालय आउनु भयो भने भोलि नै प्रकृया शुरु गर्छौँ – उनले भने ।  

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्