१९ असार गौरीगञ्ज । राज्य ब्यवस्था तथा सुसासन समितिले ल्याएको नागरिकता बिधेयक बिरुद्ध झापाको गौरीगञ्जमा जनमत पार्टीले प्रदर्शन गरेको छ । आन्दोलन समितिका सँयोजक दसरथ मुखियाको नेतृत्वमा गौरीगञ्ज चोकमा भएको प्रदर्शनमा प्रदर्शनकारीहरुले प्रधानमन्त्री केपी शर्माओलीको पुतला समेत जनाएकाछन् ।
सँयोजक मुखियाले नागरिकता बिधेयक खारेज हुनु पर्ने कुरा बताएकाछन् । बिभिन्न नारा लेखिएका प्लेकार्ड सहित आएका प्रदर्शनकारीले प्रधानमन्त्रीको पुत्ला जलाएपछी केहिबेर सरकार र नागरिकता बिधेयक बिरुद्ध नाराबाजि गरेकाथिए भने उनिहरुले चोकमा कोणसभा समेत गरेका थिए ।
प्रतिक्रिया लेख्नुहोस्