नागरिकताको माग गर्दै युवाद्वारा आत्मदाहको प्रयास

पढ्न समय: 1 मिनेट

जेठ ३० काठमाडौं । नागरिकता माग गर्दै माइतिघर पुगेका एक युवाले आफैँलाई पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका हुन् । विराटनगरका निरज कामतले आत्मदाह प्रयास गरेका छन् ।

नागरिकता पीडित संघर्ष समितिका केन्द्रीय अध्यक्ष इसान खानले सामाजिक संजाल फेसबुकमा उनले आन्दोलनका क्रममा आत्मदाह प्रयास गरेको उल्लेख गरेका छन् ।

- Advertisement -
Ad image

आत्मदाह प्रयास गरेका उनलाई तत्काल उद्धार गरेर अस्पताल लगिएको उनले जनाएका छन् ।

सर्वोच्च अदालतले नागरिकता विधेयक कार्यान्वयनमा रोक लगाएपछि नागरिकताविहीन संघर्ष समितिले माइतीघरमा निरन्तर प्रदर्शन गर्दै आएको छ ।

प्रहरीका अनुसार अहिले उनलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर लगिएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्