गौरीगञ्ज । गत बर्ष सम्म बिद्यार्थी नपाएर बन्द प्राय हुन आटेको गौरीगञ्ज २ तुलार्चौन स्थित शिशु कल्याण प्राबिले नयाँ बिद्यार्थी भर्नामा यस पटक गौरीगञ्जका सबै सामुदायिक बिद्यालयहरुलाइ उछिनेको छ । गौरीगञ्ज गाउँपालिकाले आफ्ना क्षेत्र भित्रका सामुदायिक बिद्यालयहरुलाइ नयाँ बिद्यार्थी भर्ना अभियानका लागि दिएको बैशाख १४ गते भित्रको समय सीमा सम्म सबै भन्दा धेरै ४० जना नयाँ बिद्यार्थी भर्ना गरेर बिद्यालयले रेकर्ड बनाएका हुन् ।
गत बर्ष सम्म बिद्यार्थी नपाएर अर्को बिद्यालय सँग मर्ज हुने अबस्थामा पुगि सकेको सो बिद्यालयमा यस पटक नर् बिद्यार्थी भर्ना अभियानले उत्साह जगाए सँगै बिद्यालयमा अपुग शिक्षकको समस्या थपिएको छ । यस पालि देखि कक्षा ३ सम्म सञ्चालन हुन लागेको बिद्यालयमा जम्मा एक जना मात्र शिक्षक छन् । बिद्यालयका एक मात्र शिक्षक तथा प्रअ यादव रिमाल प्रसाशनिक कामले कहिले जिल्ला त कहिले गाउँपालिका कुदि रहनु पर्छ । त्यो बेला पुरै बिद्यालय दुइ जना बालबिकास शिक्षिका हरुले नै सम्हाल्नु परिरहेको गुनासो प्रअ रिमालको छ । उनि भन्छन् — बन्द हुन आटेको बिद्यालयमा मेहेनत गरेर यतिका नयाँ बिद्यार्थी थप्न सफल भएका छौ तर शिक्षक अभाबका कारण अभिभावकहरुले आशा गरे अनुरुपको कक्षा सञ्चालन गर्न सकिरहेका छैनौ ।
वडा नँ २ का वडा सदस्य तथा गौरीगञ्ज गाउपालिकाका कार्यपालिका सदस्य रिता तामाङका अनुसार गाउँपालिकाले दरबन्दी मिलान नगरे सम्म स्वयम् स्वक राखेर कक्षा सञ्चालन गरिने कुरा बताएका छन् ।
गाउँपालिका उपाध्यक्ष तथा शिक्षा समिती सँयोजक दिपेन्द्र थापाले तत्काल स्वयम् सेवक राखेर अपुग शिक्षक को कमि पुरा गर्ने र यसै आर्थिक बर्ष भित्र बिद्यालयमा शिक्षक दरबन्दी मिलान गर्ने बताएका छन् ।
बिद्यालयमा यसै पालि देखि अँग्रेजी माध्यम बाट पठन पाठन गराइने कुरा प्रअ रिमालले बताएका छन् ।
नयाँ भर्नामा रेकर्ड तोड्दै शिशु कल्याण प्राबि
प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्
