Happy Tihar 2082

दर्ता हुन नआएका सबै सामाजिक सञ्जाल बन्द गर्न निर्देशन

पढ्न समय: 1 मिनेट

भदौ १९ काठमाडौं । सरकारले फेसबुक, युट्युबसहित २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले यस्तो निर्णय गरेको हो । 

सरकारले यसअघि एक साताको समय उपलब्ध गराउँदै सूचीकरणको लागि आह्वान गरेको थियो ।

- Advertisement -
Ad image

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरले दिएको जानकारीअनुसार सातवटाबाहेक सबै सामाजिक सञ्जाल नेपालमा निष्क्रिय गराउनका लागि पत्राचार गरिएको छ ।

“भदौ ९ गते क्याबिनेटले निर्णय गरेको थियो,” उनले बाह्रखरीसँग भने, “कार्यान्वयनको लागि दूरसञ्चार प्राधिकरणलाई लेखि पठाउने निर्णय भएको छ ।”

उनकाअनुसार दर्ता भएका र प्रक्रियामा रहेकाबाहेक सबै निष्क्रिय हुनेछन् ।

“सातबाहेक सबै सामाजिक सञ्जाल निष्क्रिय हुनेछन्,” उनले भने, “पाँचवटा सूचीकरण भएका छन् । दुईवटा प्रक्रियामा छन् ।”

उनका अनुसार भाइबर टिकटक, वीटक, निम्बस, पोपोेलाइभ सूचीकरण भएका छन् । टेलिग्राम र ग्लोबल डायरी सूचीकरणको प्रक्रियामा रहेका छन् ।

यस्तो छ मन्त्रालयको सूचना 

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्