तीन दिनसम्म हावाहुरी सहित वर्षाको सम्भावना

पढ्न समय: 1 मिनेट

मुलुकको पश्चिमी भेगबाट प्रि–मनसुनलाई सक्रिय बनाउने प्रणाली भित्रिएकाले आजदेखि तीन दिनसम्म काठमाडौं उपत्यका सहित मुलुकभरको मौसम बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद बरुण पौडेलका अनुसार काठमाडौं उपत्यकामा अपरान्ह हावाहुरी सहित हल्का वर्षा हुने सम्भावना रहेको छ । यस्तै, तराईका केही भागमा चट्याङ पर्ने सम्भावना रहेकाले सतर्क रहन पनि उहाँले आग्रह गर्नुभएको छ ।

- Advertisement -
Ad image

सुदूरपश्चिमबाट भित्रिएको प्रणालीका कारण काठमाडौंमा आज अपरान्ह हावाहुरी सहित हल्का वर्षा हुने सम्भावना रहेको उहाँको भनाई छ । पश्चिमका तराई क्षेत्रमा गएराति देखि नै मौसम बदली भएको र पूर्वतर्फ सर्ने क्रम रहेको उहाँले बताउनुभयो ।

बेलुकाको समयमा मध्य तथा पूर्वी तराईका एक दुई स्थानमा हुरीबतास लाग्ने उहाँको भनाई छ । आज र भोलि मौसम खासै राम्रो नरहेको र पर्सीबाट सुधार हुँदै जाने उहाँले बताउनुभयो । 

रेडियो कान्तिपुर बाट

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *