Happy Tihar 2082

झापामा प्रहरीको गोली चल्दा पत्रकार घाईते

पढ्न समय: 1 मिनेट

ड्युटीमा रहेका प्रहरीले बोकेको सर्टगनको छर्रा लागेर पत्रकार सुनिरा मैनाली घाइते भएकी छिन् ।

गृहमन्त्री रामबहादुर थापा झापा आउदै गर्दा सडक गस्तीमा रहेका प्रहरी जवान लक्ष्मण शेर्पाले बोकेको सर्टगन अचानक पड्किएको समाचार आजको ब्लाष्ट खबर डटकममा छ ।

- Advertisement -
Ad image

लक्ष्मीपुर चोकमा लगभग ३ सय मिटर टाढा रहेकी मैनालीलाई खुट्टामा गोलीको छर्रा लागेको थियो । छर्रा लागेपछि लडेकी मैनालीलाई बिएण्डसी हस्पिटलमा उपचार भइरहेको छ ।

शेर्पाले बोकेको सर्टगन सम्वेदनशिल रहेको र अलिक घाममा तात्ने बितिकै पड्किन सक्ने यसको बिशेषता रहेको सुरक्षाश्रोतले जनाएको छ । मैनालीको खुट्टाबाट गोलीको छर्रा निकाल्ने काम भइरहेको अस्पतालले जनाएको छ ।

शेर्पालाई बिर्तामोड प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *