झापामा ठुलो सँख्यामा बिस्फोटक पदार्थ बरामद

पढ्न समय: 1 मिनेट

झापा : प्रहरीले नेत्रविक्रम चन्द नेतृत्वको समूहले विस्फोटक पदार्थ भण्डारण गरेर राखेको गोदाममा छापा मारि ठूलो मात्रामा विस्फोटक पदार्थ नियन्त्रणमा लिएको छ । झापाको अर्जुनधारा नगरपालिका–१ सिस्नेस्थित एक व्यक्तिको घरमा भण्डारण गरेको गोदाममा जिल्ला प्रहरी कार्यालय, झापा र इलाका प्रहरी कार्यालय, अनारमनीको संयुक्त टोलीले छापा हानेको हो ।

प्रहरीका अनुसार जुटको बोरामा लुकाईछिपाई भण्डारण गरी राखेको अवस्थामा नियोजेल लेखिएको २०५ लोला ‘हाइ एक्सप्लोसिभ’ बरामद भएको छ । झण्डै २५ किलो विस्फोटक पदार्थ पनि प्रहरीले बरामद गरेको छ ।

- Advertisement -
Ad image

उक्त विष्फोटक पदार्थ चियाको बोटमा हाल्ने औषधी भनी चन्द समूह नेकपाका झापा जिल्ला सेक्रेटरी मनिष भन्ने प्रविन मिश्र, जिल्ला इन्चार्ज सुमन सिंह पौडेल, जिल्ला जनसरकार प्रमुख (जिल्ला सदस्य) टिका पोखरेलले एक महिनाअघि स्थानीयको घरमा भण्डारण गरेर राखेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

एभिन्युज

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *