Happy Tihar 2082

जेनजी प्रदर्शनका कारण रोकिएका सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय

पढ्न समय: 1 मिनेट

भदौ २९ काठमाण्डौ । जेन जी पुस्ताको आन्दोलनका कारण भदौ २३ गतेदेखि रोकिएका सार्वजनिक सवारीसाधन देशभर सञ्चालन गरिने भएको छ। 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माको अध्यक्षतामा आज सिंहदरबारमा बसेको बैठकले प्रदर्शनका कारण रोकिएका सार्वजनिक सवारीसाधनलाई  देशव्यापी रूपमा सञ्चालन गर्ने निर्णय गरेको हो।  

- Advertisement -
Ad image

बैठकले ढुवानीका मालवाहक सवारीसाधनलाई सहजीकरण गर्ने निर्णय गरेको छ। दसैँ, तिहार छठ पर्व नजिकिएसँगै घर जाने यात्रुका लागि अग्रिम टिकट बुकिङ खुला गर्न यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलको संयोजकत्वमा यातायात व्यवसायी, मजदुर तथा ट्राफिक प्रहरी रहनेगरी समिति गठन गरिएको बताइएको छ । आज झापामा भने यातायात पुर्ण रुपमा खुलेको छ ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्