Happy Tihar 2082

चन्दननाथ मन्दिरको ज्वाला निभ्यो : अनिष्ट हुने सँभावना

पढ्न समय: 2 मिनेट

जुम्ला – कर्णालीकै प्रसिद्ध चन्दननाथ मन्दिरको ज्वाला निभेको छ। भारी हिमपातसँगै उल्टो हावा चलेपछि एक्कासी ज्वाला निभेको चन्दननाथ भैरबनाथ गुठी समितिका पूर्वअध्यक्ष गौरीनन्द आचार्यले जानकारी दिए। उनका अनुसार मन्दिरमा बालिएको ज्वाला निभेमा अनिष्ट हुने मान्यता छ।

उल्टो हावा लाग्यो, भुमरीमा हिउँ परेको थियो। ज्वाला निभेपछि मात्रै थाहा भयो।’,आचार्यले भने।  पुजारीले पूजा गर्ने समय र हिमपात र हावा एक्कैसाथ लागेपछि ज्वाला निभेको आचार्यले बताए। उनका अनुसार ज्वाला ल्याउन दैलेख जिल्लाको शिरस्थानमा जानुपर्छ। गुठी समितिका कार्यवहाक अध्यक्ष हस्तबहादुर थापासहितको टोली ज्वाला ल्याउनको लागि दैलेख जाने भएको छ।

- Advertisement -
Ad image

यसअघि २०७० सालमा चन्दननाथ मन्दिरमा मूर्ती चोरी भएपछि ज्वाला निभेको थियो। एकजना बाबाले दैलेख हुँदै ज्वाला ल्याएका थिए। त्यो ज्वाला अहिलेसम्म बलेको थियो, एक्कासी निभ्यो, आचार्यले भने,“यो शुभ संकेत होईन्, यो वर्ष देशमा कुनै न कुनै प्रकारको संकट निम्तिने खतरा बढ्यो।” एक्कासी ज्वाला निभेपछि स्थानीय चिन्तित छन्।

बिहानको पूजा नियमित रुपमा चलिसकेपछि साढे नौं बजे तिव्रगतिले चलेको हावाले ज्वाला निभेको थियो। मन्दिर खोलेर पूजा गर्ने समयमा ध्वनी कोठामा गोब्रे हालिन्छ। ज्वालामा एक महिना मा २८ माना घिउ हाल्नु पर्छ। ज्योती नआउँदासम्म मन्दिरमा पूजा नहुने भएको छ। भारी हिमपात र वर्षा भइरहेकोले ज्वाला लिन दैलेख जान समेत कठिन भएको छ। दैलेख शिरस्थानबाट ज्वाला ल्याउने समयमा पूजा गर्नुपर्छ। बाटोमा पूजा गर्दै ल्याउनुपर्छ। स्थापना भएबाट ज्वाला ल्याउने चलन बसेको थियो।

निमित्त प्रमुख जिल्ला अधिकारी देबेन्द्रप्रसाद श्रेष्ठले ज्वाला निभेको विषयमा जानकारी दिन समितिको टोली आईपुगेको जानकारी दिए। उनले दैलेख गएर चाँडोभन्दा चाँडो  ज्वाला ल्याउनको लागि पहल थाल्न निर्देशन दिए। 

नागरिक न्युज डटकम मा खबर छ

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *