
गौरीगञ्ज । प्रत्येक साल माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी अर्थात बसन्त पञ्चमी आज देशभर लगायत झापाको गौरीगञ्ज स्थित बिभिन्न बिद्यालयहरुमा पनि सरस्वतीको पुजा गरि धुमधाम सँग मनाइदै छ ।
सरस्वती पुजा सँगै आजदेखि गौरीगञ्जका निजि तथा आबासिय बिद्यालयहरुले कक्षा नर्सरट्ठका लागि भर्ना समेत खुला गरेका छन् ।
विद्यालय नपठाईएका साना बालबालिकालाई अक्षरारम्भ गराउने चलनछ । श्रीपञ्चमीलाई शिक्षा शुभारम्भ गराउने उत्तम दिनका रुपमा लिईन्छ ।
विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ–आफ्ना कला–साधनाका वस्तु, कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रुपमा पूजा आराधना गर्छन् । तान्त्रिकहरु तन्त्र सिद्धिका लागी तारादेवीका रुपमा आरधना गर्छन् । सूर्य उत्तरतिर लागि दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजको दिनलाई वसन्त पञ्चमी पनि भन्ने गरिन्छ । ऋग्वेदमा वाग्देवी नामले प्रसिद्धि पाएकी बह्मकी अर्धाङ्गिनी ब्रह्मायणीको पूजा उपासनाले सबै प्रकारको ज्ञान, सिद्धि र सदबुद्धि प्राप्त हुने भएकाले सरस्वतीको पूजाको ठुलो महत्व छ । अघिल्लो वर्ष जस्तो यसवर्ष भने सरकारले सरस्वती पूजाका दिन सार्वजनिक विदा दिएको छैन । ग