Happy Tihar 2082

गौरीगञ्जमा ईञ्जिनियर माथि हातपात

पढ्न समय: 1 मिनेट

गौरीगञ्ज । झापाको गौरीगञ्ज गाउँपालिका वडा नँ ४ स्थित गेउरिया खोलामा शुक्रबार सर्वे गर्न गएका एक ईञ्जिनियर माथि हातपात भएको छ । वडा नँ ४ बाह्रसुदी र वडा नँ ६ को देबीगञ्ज जोड्ने झोलुँगे पुल निर्माणका लागि स्थलगत माटो परिक्षण गर्न गएका सँखुवा ईञ्जिनियरिङ्ग कन्सल्टेन्सी का प्राबिधिक जङ्ग बहादुर शाही माथि बाह्रसुदीका स्थानीय गयानन्द यादबले हातपात गरेको कुरा ईलाका प्रहरी कार्यालयले जनाएको छ ।
आफ्नो निजि नाममा रहेको जग्गा बाट माटो परिक्षण गरेको निहुमा यादबले शाहीमाथि हातपात गरेको कुरा प्रत्यक्ष दर्शीले बताएका छन्
घटनास्थल पुगेका वडा नँ ४ का वडाध्यक्ष कुल बहादुर गिरी माथी पनि यादबले अश्लिल गाली गलैज गर्दै हातपात गर्न खोजेको कुरा वडाध्यक्ष गिरीले बताए ।
यादब बिरुद्ध ईप्रकामा वडा कार्यालयले हिजै निबेदन दिएका थिए भने पिडित शाहीले आज निबेदन दर्ता गराएका छन् । घटना पछी यादब फरार छन् भने उनको खोजी कार्य भईरहेको कुरा ईप्रका गौरीगञ्जले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *