Happy Tihar 2082

गौरीगञ्जका सडक हिलाम्मे भएपछी अस्पताल र क्वारेन्टाइन सम्म एम्बुलेन्स नपुग्ने भयो

पढ्न समय: 1 मिनेट


११ असार गौरीगञ्ज । बर्षा शुरु भए यता गौरीगञ्जका निर्माणाधिन सडकहरु अत्याधिक हिलाम्मे भएपछी अत्यावश्यकीय साधन एम्बुलेन्स समेत सडकमा कुदाउन नसकिने भएको छ । गौरिया पुल पश्चिम हुलाकी सडक र सो सडक सँग जोडिएको अस्पताल र नया अस्पताल भवनको क्वारेन्टाइन सम्म एम्बुलेन्स नै लान नसकिने अवस्था रहेको कुरा स्वास्थ्य शाखा गौरीगञ्जका प्रमुख रामचन्द्र मिश्रले जनाएका छन् ।
हाल नया अस्पताल भवनको क्वारेन्टाइन मा कुबेत बाट आएकाहरुलाइ राख्ने गरिएकोमा बाटोमा एम्बुलेन्स चल्ने अबस्था नरहेपछी बिहिबार कुवेतबाट आएकालाइ सो क्वारेन्टाइन मा लान नसकिएको कुरा उनले बताएकाछन् । एम्बुलेन्स सो क्वारेन्टाइनसम्म नपुग्ने भएपछी आज कुवेतबाट फर्केका लाइ पनि गौरीगञ्ज क्याम्पसको क्वारेन्टाइन मा राखिएको छ । यस अघि केहि दिन देखि भारतबाट आएकालाइ क्याम्पस क्वारेन्टाइन मा र कुबेत र तेस्रो मुलुकबाट आएकाहरु लाइ अस्पताल क्वारेन्टाइन मा राख्ने गरिएको थियो ।

गौरीया पुल देखि थपलिया चोक सम्म को हुलाकी सडक र सो सडक सँग जोडिएका अस्पताल जाने सडक लगायत सहरी बिकास आयोजना अन्तर्गतका निर्माणाधिन केहि सडकहरु हिलाम्मे भएको र ठेकेदारहरुले बैकल्पिक व्यवस्थासमेत नगरि दिदा आपतकालिन अवस्थामा सो क्षेत्रमा एम्बुलेन्स समेत लान गाह्रो भएपछी स्थानियहरु पिडित बनेकाछन् ।

- Advertisement -
Ad image
प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्