२८ जेठ, गौरीगञ्ज । गौरादह नगरपालिकाका १ जना सहित आज झापा जिल्लाका ५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । आज पुष्टी भएका झापा का अन्य सँक्रमितहरु, कन्काइ नगरपालिकाका ३ पुरुष र मेचिनगर नगरपालिकाका १ पुरुष रहेका छन् ।
गौरादह ९ बैगुन्धुराकी २२ बर्षििय एक महिलामा सँक्रमण पुष्टी भएको कुरा सोहि वडाका वडाध्यक्ष सिताराम भट्टराइले जनाएकाछन् । उनि केहि दिन अघि भारतको दिल्लीबाट आएको र उनलाइ गौरादह जनता माबिको क्वारेन्टाइन मा राखिएको कुरा वडाध्यक्ष भट्टराइले बताए । उनलाइ उपचारका लागि बिराटनगर पठाइएको छ ।
४० जनाको स्वाब संकलन गरी हिजो परीक्षणका लागि पठाउँदा एक जनामा संक्रमण पुष्टि भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेम ओझाले जानकारी दिए ।योसँगै गौरादहमा संक्रमितको संख्या ४ पुगेको छ ।
कनकाई नगरपालिकामा पहिलो पटक तीन जनामा कोरोना भाइरस पोजेटिभ भेटिएको छ ।
कनकाई क्याम्पसको क्वारेन्टिनका तीन पुरुषमा कोरोना संक्रमण पुष्टि भएको कनकाई नगर स्वास्थ प्रमुख ब्रजेश महतले जानकारी दिए । संक्रमितहरु १६ , १७ र ३५ बर्षका पुरुष रहेका छन् ।
झापाको मेचीनगरमा १ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
भारतबाट आएका एक पुरुषमा संक्रमण पुष्टि भएको हो । मेचीनगर – ३ का संक्रमीत पुरुष नवज्योति आधारभुत बिधालयको क्वारेन्टाइनमा बस्दै आएका थिए । यो सगै मेचीनगरमा संक्रमितको संख्या २ पुगेको छ ।
यससँगै झापामा कुल सँक्रमित सँख्या १४९ पुगेको छ । आज देश भर २७९ जना नयाँ सँक्रमित थपिएका छन् । देशभर कुल संक्रमितको संख्या ४ हजार ३ सय ६४ पुगेको छ ।