Happy Tihar 2082

गिरिजा पछिको बिराटनगर

पढ्न समय: 9 मिनेट

मदन राजवंशी मनप्रीत
२०६५ सालमा म बिराटनगर पस्दा गिरिजा जिवितै थिए । मधेस आन्दोलनपनि मन्थर भइ सकेकोले बिराटनगरमा पुनः चहल पहल शुरु भइ सकेको थियो । जेठ महिनाको मिर्मिरेमा मर्नि◊ वाक का लागि निस्कदा जोगवनी तिरबाट बोरा भरी—भरी तरकारी बोकेर गुद्रि तिर ल्याइ रहेका रिक्साहरु रोडशेष चोकमा भेटिन्थे । डिडिसीको दुध बोकेको गाडि महेन्द्रको शालिक ढलेको जन आन्दोलन चोक छेउमा भेटिन्थे । अनि साइकलको क्यारियर र डालो भरी पत्रिका बोकेर घर घर बाँड्दै हिड्ने हकरहरु ट्राफिक चोक तिर भेटिन्थे । सुर्यको पहिलो किरण कालि मन्दिर लाइ स्पर्श गरिसक्दा सम्म फुटपाथमा मन्डल र तिवारीको पत्रिका पसल अगाडि पत्रिकाका पारखिहरुको भिड लागिसकेको हुन्थ्यो ।म पनि त्थहि गएर पत्रिका पढ्थे ।
द्योश्रो जन आन्दोलन पछि गिरिजाको बिराटनगर आउने क्रम निकै वाक्लिएको थियो । चाहे देशको प्रधानमन्त्री हुदा होस चाहे पार्टि सभापती हुदा होस, गिरिजा बिराटनगर आउदा पुरै देशको ध्यान बिराटनगरतिर केन्द्रित हुन्थ्यो । किनकि उनी कुनै खास महत्वपुर्ण कुरा बिराटनगर बाटै सार्वजनिक गर्दथे । बिराटनगरको संचारकर्मि प्रति अचम्मको माया र बिश्वास थियो उनको, बढाइ चढाइ गरेर लेख्दैनन् भन्ने । गिरिजा बिराटनगर आएर बोलेको कुरा पत्रिकाको स्कुप बन्थ्यो । त्यसैले गिरिजा जिवित हुदा सम्म सबै जसो राष्टिय पत्र पत्रिकाहरु बिराटनगरमयि हुन्थे ।
गिरिजा जिवित रहुञ्जेल सम्म बिराटनगरले आफ्नो साख जोगाउन केहि गर्नु परेन । राष्टिय, अन्तराष्टिय स्तरमा बिराटनगरको चर्चा चलि रहन्थ्यो । तर २०६६ चैत ७गतेका दिन उनको देहावसान भएपछिका दिनहरुमा बिराटनगर सुनसान बन्दै गयो । राजनैतिक दृष्टिकोणले देशको दोश्रो स्थान ओगटेको र एकै परिवारबाट देशलाइ तीन वटा प्रधान मन्त्री दिएको बिराटनगर अहिले राजनैतिक रुपले निदाएको छ । औध्योगिक शहरको उपनाम पाएको यो नगर अहिले उध्योग बिहिन बन्दै गइरहेको छ ।अनि सुगम क्षेत्रको यो पुरानो शहर अहिले अबिकास तिर गइरहेको छ ।
आदर्श स्कुल र वालिका कन्या स्कुल जस्ता एतिहासिक शैक्षिक संस्थाहरु जन्माएको यो बिराटनगर लाइ पुर्वाञ्चल बिश्वबिधालय र उच्च माध्यमिक शिक्षा परिषदले शैक्षिक स्तरमै बदनाम गराइ रहेको छ । जन आन्दोलन चोकमा महेन्द्रको सालिक ढलेर रित्तो उभिरहेकोे स्तम्भले बिराट नगरलाइ गिज्याइ रहेको छ । अनि बिराटनगरका मुख्य शहरका छेउछाउका भित्ताहरु लाइ सेतो अक्षरले कुरुप बनाइरहेका भारतिय वैद्यका बिज्ञापनहरुले बिराटनगर वासीहरुलाइ गुप्त रोगी बनाइ रहेको छ ।
सन २०११ लाइ पर्यटन वर्षका रुपमा पर्यटन वोर्ड र बिराटनगर वासीले २ वर्ष अघि चैतमा शहिद मैदान भित्र नाचगान गरि लाखौ रुपैया खर्च गरि रहदा बिराटनगरका सडक र गल्लीहरुमा फोहरका थुप्रहरु गन्हाइ रहेका थिए । एक दिन साँस्कृतिक कार्यक्रम गर्दैमा पर्यटकहरु बिराटनगर घुम्न आउदैनन् बरु बिराटनगर लाइ स्वच्छ सफा र हरियाली बनाउदा आउन सक्छ भन्ने तर्फ कुनै बुद्धिजिबीको ध्यान पुगेन । माया पिरती साट्न लव स्पोर्टको खोजिमा भौतारी रहेका युवा युवती अनि एकान्तको खोजिमा भौतारि रहेका ब्यस्त ब्यापारीहरु मोटरसाइकल चढि भेडेटार तिर गइरह्को अवस्थामा बिराटनगरलाइ कसरी पर्यटकिय क्षेत्रको रुपमा बिकास गर्ने भन्ने योजना बनाउने कुनै योजनाकार जन्मेनन् । सम्भवतः गिरिजा अहिले सम्म जिवित भएका भए यस बारे पक्कै सोच्ने थिए ।
उनले बिराटनगरको बिकासका लागि थुप्रै योजनाहरु सोचेका थिए । बिराटनगरमा अन्तराष्टिय स्तरको रंगशाला निर्माण गर्ने सपना यिनले २०५६ साल तिरै बुनेबा थिए । त्यस बेला जिल्ला बन कार्यालय अन्तर्गतको आपुर्ति समितीले सहुलियतको काठ सिफारिस गरे वापत प्रति क्युफिट रु १ सयका दरले उठाइ ७० लाख जम्मा गरेका थिए । उक्त ७० लाख रुपैयाबाट बन मन्त्रालयले गाडी किन्ने योजना बनाएका थिए । तर त्यसबेला प्रधान मन्त्री बनेका गिरिजाप्रसादले तत्कालिन बन मन्त्री आफताब आलमलाइ उक्त रकम मोरंग जिल्लालाइ फिर्ता गर्न निर्देशन दिएका थिए । त्यस ७० लाखमा १५ लाख थप गरी ८५ लाखले बिराटनगरको छिमृकी गा बि स बैजनाथ पुरमा अन्तराष्टिय स्तरको रंगशाला निर्माणका लागि १५ बिघा १५ धुर जग्गा किनेका थिए । तर उनको देहाबसान पछि बिराटनगरमा अन्तराष्टिय स्तरको रंगशाला निर्माण गर्ने उनको सपना इटहरीले खोसेर लगिदियो । अहिले बिराटनगरसंग भएको दशरथ रंगशालापनि मर्मत संभारको अभावले दिनदिनै पुरानो खण्डहरको रुपमा परिणत हुदै गइरहेको छ । २०५८ साल तिरै रंगशाला निर्माणका लागि खरिद गरिएको बैजनाथपुरको सो १५ बिघा जग्गा अहिले कुन हालतमा छ भन्ने बारे न त कसैले खोजि गरेका छन न त खोजिगर्ने चासो राखेका छन ।
बिराटनगरको बिकासका लागि रि◊रोड निर्माण गर्न यिनले २०५१÷०५२ साल तिरै आफु प्रधान मन्त्री हुदा मन्त्री परिषदलाइ निर्देशन दिइ सकेका थिए । त्यहि बेला उनले बिराटनगरमा बिषेश आर्थिक क्षेत्रको सम्भाब्यता अध्ययन गर्न लगाएका थिए । यो अध्ययन पछि सरकारी अध्ययन टोलीले साल्ट टेडि◊को करीब ७ सय बिघा जग्गालाइ बिषेश आर्थिक क्षेत्र बनाउने निचोड निकालेका थिए । उनको जीवनकालमै रि◊रोड बनाउने कार्यको थालनी भए पनि उनको निधनपछि न त रि◊रोड निर्माण कार्यले गति लिन सक्यो न त बिषेश आर्थिक क्षेत्र निर्माणको प्रकृया कार्यन्वयन हुन सक्यो । नेपाल बन्द र मजदुर हडतालको मारमा परेर यहाका उद्योगहरु प्नि एक पछि अर्को गर्दै बन्द हुन थाले ।
उनले आफ्नो जीवनकालको अन्तिम तिहार बिराटनगरमै मनाएका थिए । २०६६ असोज २८ गते तिहारको अवसर पारी उद्योग संगठन मोरंगले अनयोजना गरेको चिया पान समारोहमा उनले बिराटनगरका साहित्यकार लक्ष्मण नेवटियासंग बिराटनगरमापनि घण्टाघर निर्माण गरिनु पर्ने चाहाना ब्यक्त गरेका थिए । २०२३ सालदेखि पुर्वाञ्चल वासिहरुले यस क्षेत्रमा एउटा बिश्वबिद्यालय स्थापना गर्नका लागि अथकप्रयास गरेका थिए । सो अनुरुप पुर्वाञ्चल बिश्वबिद्यालय स्थापना गरि देशमा वहु बिश्वबिद्यालयको अबधारणालाइ स्थापना गराउने श्रेयपनि गिरिजालाइ नै जान्छ । तर बिराटनगरमा स्थापित पुर्वाञ्चल विश्वविद्यालयले गिरिजाले सोचे अनुरुप काम भने गर्न सकेन ।
गिरिजाले बिराटनगरलाइ के दिए र बिराटनगरले गिरिजाबाट के पायो । यो एउटा बहसको बिषय हुनसक्छ । तर धर्म, जाती, राजनिती र भुगोलको साँघुरो घेरा भन्दा माथि उठेर हेर्ने हो भने गिरिजा र बिराटनगर एउटा पर्यायवाचि नाम झै लाग्नथाल्छ ।
गिरिजा र बिराटनगर बिचको साइनो धर्म राजनिती र भुगोलले मात्र बाधेको् थिएन । यौ एउटा आत्मिताको साइनो थियो । गिरिजाको निधनपछि न त कुनै नेताले बिराटनगरलाइ सम्झीयो न त कुनै योजनाकारले बिराटनगरको बिकासमा ध्यान दियो । देशभरी सँघियताको बहस चलिरहेको बेला बिराटनगरलाइ कुनै राज्यको राजधानी बनाउन सकिन्छ भन्ने कुरा यहि माटोमा हुर्किएका नेता उपेन्द्र यादवले समेत भुलेको छ । २००७ सालको क्रान्तिलाइ उचाइमा पुर्याएको यो बिराटनगर आफ्नो गौरव लाइ बचाउन सहयोगको याचना गरीरहेकोछ ।
एतिहासिक बिराट राजाको दरवारले आफ्नो संरक्षण खोजिरहेको छ भने मजदुर आन्दोलनको पहिलो बिगुल फुकेको बिराटनगर जुट मिल आफ्नो अस्तित्व रक्षाको लागि रोइ रहेको छ । २०४१÷०४२ साल तिर बिराटनगरलाइ सुन्दरता र सितलता प्रदान गर्ने हाटखोलाको सहिद उद्यान ले आफ्नो पुरै अस्तित्व गुमाइ सकेको छ । यो पार्क कहा थियो भन्ने कुरा समेत अहिले बिराटनगर वासीले बिर्सि सकेका छन् । बिराटनगरका पुराना संरचनाहरु बिस्तारै ध्वस्त हुदै गइरहेका छन । नयाँ निर्माण गर्न तर्फ कसैको ध्यान गएको छैन । त्यसो त ५०को दशकको मध्य तिर महेन्द्र मोरंग क्याम्पसका तत्कालिन क्याम्पस प्रमुख उपेन्द्र कोइरालाले क्याम्पसको मुल ढोका छेउमा भ्यु टावर निर्माणको कल्पना गरेका थिए । तर शैक्षिक संस्थामा समेत राजनिती गर्न खोज्ने अन्य ब्यक्तीहरुले उनको यो कल्पना लाइ मुर्त रुप दिन सकेन । सोहि क्याम्पसका उप प्राध्यापक रामकुमार राइका अनुसार यनले यस कार्यकालागि पैसा समेत जम्मा गरिसकेका थिए । त्रि बि ले प्रमाण पत्र तहलाइ फेज आउट गरेपछि कुनै बेला हजारौ बिद्यार्थीहरुको जमघट हुने यो क्याम्पस पनि अहिले सुनसान बनेको छ ।
बिराटनगरलाइ राष्टिय अन्तराष्टिय उचाइ सम्म पुर्याउने गिरिजालाइ बिराटनगरले चटक्कै बिर्सेको देख्दा साच्चै अचम्म लागेर आउछ । गिरिजाले बिराटनगर लाइ नाम दिए सम्मान दिए तर बिराटनगरले गिरिजालनइ गुमनाम दियो । अहिले सम्म गिरिजाको नाम बाट बिराटनगरमा न त कुनै बाटोको नामाकरण गरिएको छ न त बिराटनगरमा कुनै सालिक छ उनको । यप महानगरपालिकाले जन आन्दोलन चोकमा स्तम्भ निर्माण गर्ने योजना पनि कहि कतै बिलाएर गएको छ । जन स्वास्थ्य कार्यालयका कुष्ठरोग निरिक्षक अम्बिकाप्रसाद लामिछाने भन्छन—गिरिजा गए पछि बिराटनगर पनि बिस्तारै मर्दै छ । गिरिजा पछि बिराटनगरलाइ बचाउने अर्को कुनै सपुत जन्मेन ।

(यो छ बर्ष अघि लेखिएको आलेख हो त्यसैले केहि तथ्यहरु अहिले असान्दर्भिक हुन सक्छ)

- Advertisement -
Ad image
प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *