कोरोना जितेर फर्किएका दर्जीलाइ गाउँ प्रवेशमा रोक

पढ्न समय: 1 मिनेट

बिर्तामोड । कोरोना उपचारपछि घर फर्किएका दिलीप दर्जीलाई गाउँ प्रवेशमा रोक लगाइएको छ । उनी उपचारपछि आजै डिस्चार्ज भएका थिए । उनलाई दिउँसो ४ बजे एम्बुलेन्सले चारपाने चोकमा ओरालेको थियो ।

२० गते कोरोना भाइरस संक्रमण पुष्टि भएपछि उपचारका लागि धरान लगिएको थियो । उपचारपछि गाउँ फर्किएका दर्जी साँझमा घर फर्कन नपाएको भन्दै सँचारकर्मिको सम्पर्कमा आएका थिए । उनले आफ्नो घर नभएको र साइली भाउजुको घरमा बस्ने गरी फर्किएको जानकारी दिए । अस्पतालबाट हिड्नु पूर्व भाउजुलाई जानकारी गराएका थिए । भाउजुले उनलाई घरमा आउन भनेकी थिइन् ।

- Advertisement -
Ad image

भाउजुको अनुमति पाएपछि घर लागेका दिलीपलाई भाउजुले फेरि घरमा नआउन जानकारी गराईन् । गाउँलेले घरमा आएर कोरोना उपचारपछि फर्किएका व्यक्तिलाई नराख्न धम्की दिएपछि उनी अहिले चारपानेस्थित बीर अमरसिंह माविको मैदानमा बसिरहेका छन् ।

बिर्तामोड २ को सोमबारेमा रहेकी भाउजुको घर जान नपाएका उनलाई सो विधालय आसपासका बासिन्दाले समेत तत्काल त्यो ठाउँबाट पनि गइहाल्न भनेको जानकारी दिए । भाउजुले फोन मार्फत बाटोमा केटाहरु ढुकेर बसेकोले घरतिर नआउन भनेकी छन् ।

इजलास डटकम

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *