Happy Tihar 2082

केराबारी गाउँपालिकाका अध्यक्ष कार्कीमाथि कार्यालयमै छुरा प्रहार

पढ्न समय: 1 मिनेट

विराटनगर । केराबारी गाउँपालिकाका अध्यक्ष रोहित कार्कीमाथि कार्यालयमै छुरा प्रहार गरिएको छ ।
शुक्रबार दिउँसो पौने १२ बजे उनीमाथि हतियार प्रहार भएको बताइएको छ । केराबारी वडा नम्बर १० का भवन ठकुरीले उनीमाथि हतियार प्रहार गरेको आरोप छ । अध्यक्ष रोहित कार्कीमाथि छुरा प्रहार गर्ने एक जना पक्राउ परेका छन्।
वडा नम्बर-१० का ३२ वर्षीय भवन ठकुरीले शुक्रबार बिहान साढे ११ बजे कार्यालयमै रहेका अध्यक्ष कार्कीमाथि छुरा प्रहार गरेका थिए। छुरा प्रहारबाट अध्यक्ष कार्कीको टाउकोमा चोट लागेको जिल्ला प्रहरी कार्यालयका डिएसपी मान बहादुर राईले जानकारी दिए।
उनको उपचारका लागि विराटनगरस्थित नोवेल अस्पतालमा लगिएको छ।
नोबेलमा उपचार भईरहेका कार्कीको अवस्था सामान्य रहेको चिकित्सकले बताएका छन् । अस्पताल स्रोतका अनुसार उनको अप्रेशन हुने तयारी भईरहेको छ ।
घाइतेका भाई होम कार्कीका अनुसार ठकुरी पटके ठेक्का लिएर बसेका व्यक्ति हुन् । उनीसँग कुनै विवाद नभएको उनको भनाई छ ।
इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख ऋषिराज ढकाल अनुसार छुरा हाल्ने ठकुरीलाई नियन्त्रणमा लिईसकिएको र घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्