कृषि विकास बैक रंगेली मा बिचाैलीया काे बिगबिगि

पढ्न समय: 3 मिनेट


रबिन्द्र बराल

माेरङकाे रंगेली नगरपालिका ७ मा रहेको कृषि विकास बैंक ले ऋिणि हरुलाई ऋिण दिन एक महिना भन्दा बडि समय लगाउने गरेको पाईएकाे छ । रंगेली नगरपालिका ७ घर भएका बासुदेव मंन्डल ले बिगत ५ बर्ष देखि कृषि बिकास बैक मा काराेवार गर्दे अाएता पनि पछिल्लो समयमा भने उनले ऋिण पाउन सकेका छैनन् । उनले भने प्रत्येक महिनामा ब्याज रकम समेत बुझाउदै अाएकाे छु तर पनि कृषि बिकास बैक ले अाफुलाई बिगत एक महिना देखि ऋिण लिन जाँदा अाफुलाई हप्काउने गरेको समेत बताए । उनले रंगेली ७ स्थित तित्रिटाेलमा रहेको १४ घुर जग्गा काे लालपुर्जा ,ब्यवसायकाे प्रमाणपत्र ,नागरिकता लगायत का कागजी प्रक्रिया पूरा गरेता पनि कृषि बिकास बैक ले एक महिना भन्दा वडि समय भएता पनि ऋिण दिन नमानेको दुखेसो पाेखे । उनले भने कार्यलयमा अाफुले चैत्र महिनामै ऋिण का लागि अावेदन दिएकाे र बारम्बार कार्यलय प्रमुख शम्भु साह लाई हारगुहार गरेता पनि अाफुलाई अाज भाेली भन्दै अहिलेसम्म ऋिण नदिएको बताए । उनले भने सरकारी बैक बाट अाफु हरुले ऋिण लिदा सस्तो मात्रामा ब्याज तिर्न पर्ने गरेको तर प्रईबेट बैक हरुबाट ऋिण लिदा बडि व्याज बुझाउनुपर्ने भएका ले समस्या परेको बताए । कृषि बिकास बैक काे नियम अनुसार कुनै पनि ऋिणि ले अावेदन दिएकाे साता दिन भित्रमा ऋिण दिने गरेको कार्यलय प्रमुख शम्भु साह ले बताए । स्राेत का अनुसार कृषि बिकास बैंकमा ऋिण लिने कृषक,वा ब्यापारी ले ऋिण लिए बापत १० प्रतिशत रकम नबुझाए सम्म ऋिण दिन धेरै समय लागउने गरेकाे र महिनाै दिन पर्खाउने गरेको पाईएकाे छ । साेही बिषयमा कार्यलय प्रमुख लाई जिज्ञासा राख्दा उनले भने कृषक,व्यापारी तथा अन्य ऋिणि हरु बिचाैलियाकाे माध्यम बाट अाउने गरेकाे हुनाले साे बिषयमा अाफु लाई केही थाहा नभएको बताए । उनले भने यहाँ ३ देखि ४ जना बिचाैलीया रहेको र उनी हरुलाई अाफुले अाफ्नाे कार्यलयमा अाउन बन्देज गरेको समेत स्वईकर गरेका छन । कृषि बिकास बैक ले यस अार्थिक बर्षमा ४ कराेड बराबरको लगानि गरेको छ । बैक ले व्यपारी,कृषि,घर निर्माण ,व्यक्तिगत अाेडी,घराईसी प्रयाेजनका लागि ऋिण समेत दिदै अाएकाे छ । नेपाल सरकारले शैक्षिक प्रमाणपत्रको अाधारमा सहुलियत ऋिण युवा हरुलाई उपलब्ध गराने निर्णय सरकार ले गरेता पनि त्याे भने यस भेगमा प्राभकारी भने हुन सकेको छैैैन ।

- Advertisement -
Ad image
प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *