
मदन राजवँशी मनप्रीत
हुलाकी राजमार्गको बिकासमा बाधक मानिएका गौरीगञ्ज क्षेत्रका दुइ ठुला नदिहरु रतुवा र किस्नीको बिच भागमा बाटोको दुबै छेउ अझैपनि जँगलको अबशेष पाइन्छ । यो जँगल दँतकाली जँगलको नामले चिनिन्छ । अहिले यो किस्नी खोलाको पश्चिमी किनारमा मात्र सिमित रहेपनि बिसँ १९९० को दशकमा यो जँगलको फैलावट गेउरिया नदि सम्म रहेको कुरा स्थानीयहरु बताउछन् ।
तत्कालिन राजा महेन्द्रको पालामा तराइको जँगल फडानी गर्दै बस्ति बसाल्ने अभियान सँगै यो दन्तकालीको जँगलको अस्तित्व मासिदै गए सँगै यस जँगलमा एउटा अतुलनीय अमर प्रेम कथाको अन्त्य भएको मौखिक इतिहास छ । यस क्षेत्रका युवा पुस्ताले त्यो अमर प्रेम कथालाइ बिर्सि सके पनि पुराना पुस्ताले मौखिक रुपमा यस प्रेम इतिहासलाइ अझै बचाइ राखेको पाइन्छ ।
राणा शासनको तानाशाही उत्कर्षमा पुगेको बेला यस क्षेत्रमा पनि जमिनदारी प्रथा कायम थियो । स्थानीय प्रशासन चलाउन सानो सानो क्षेत्रको मौजा कायम गरिएको थियो । रतुवा पुर्वको क्षेत्र अहिले पनि आठमौजाकै नामले चिनिन्छ । यस क्षेत्रको आठ वटा मौजाको एउटा प्रभावशाली जिम्दार थिए सुखना जिम्दार । आठमौजा अन्तर्गतकै जुरोपानी गाउँमा अर्का प्रभावशाली जिम्दार थिए जसको नाम थियो मोटा जिम्दार । दुबै जिम्दार बिच मितेरी साइनो कायम भएको थियो । त्यस ताका यस क्षेत्रका ताजपुरिया राजवँशी सँथाल महतो डुम र चमारहरुको मात्रै बसोबास रहेको कुरा पुराना पुस्ताहरु बताउछन् । यसै समय घटेको त्यो प्रेम कथाका नायक थिए पञ्चम ताजपुरिया । पुराना पुस्ताको बर्णन अनुसार यिनी अत्यन्तै गरिब परिवारका खाइलाग्दा युवा थिए । घरको आर्थिक अबस्था कमजोर भएका कारण यिनी मोटा जिम्दारका घरमा हली बसेका थिए ।
लामो समय सम्म एउटै घरमा हली बसेका कारण त्यसै घरका एक युबतीसँग यिनको प्रिती बस्न गयो । ति युवती को थिइन भन्ने कुरा पुराना पुस्ताले समेत ठम्याउन छोडिसकेका छन् । कसैले उनलाइ मोटा जिम्दार कि छोरी हुन् भन्छन् भने कसैले छोरी होइनन् उनका आफन्त हुन् भन्छन् । बास्तबिकता जे भएपनि उनि जिम्दारकै उच्च घरानाकि छोरी थिइन भन्ने कुरा बुझ्न सकिन्छ । जुन बेला यि दुइको प्रेम उत्कर्षमा पुगेको थियो त्यो बेलाको समाजमा जातपात र ड्ढनी गरिब को कुप्रथाले पुर्ण रुपमा जरा गाडेर बसेको थियो । त्यस अबस्थामा पञ्चम र ति युबती बिचको प्रेम सफल हुने कुनै सँभावनै थिएन । उनिहरु बिचको प्रेममा घनी र गरिब बिचको ठुलो प्रखाल बाधा बनेर उभिएको थियो ।
यि सब कुराहरु बाट बेखबर उनिहरु फुर्सदको बेला लुकिछिपी दन्तकालीको जँगलमा लुकेर प्रेम अभिसारमा लिप्त हुन्थे । यो प्रकृया लामो समय सम्म चल्न सकेन । आखिर समाजको आखाबाट कति दिन सम्म लुक्थ्यो र उनिहरुको प्रेम ? एक दिन समाजको सामु यिनीहरुको सँबन्ध छताछुल्ल भयो । राणाहरुको क्रुर शासन चलेको त्यो युगमा न त लिखित कानुन थियो न त बिधिको शासन नै । अँगभँगको सजाय कायम भएको समाजमा प्रशासक वा जिम्दारहरुले जे बोल्थे त्यहि नै कानुन बन्थ्यो ।
पञ्चम ताजपुरियाको हकमा पनि त्यहि कानुन लागु भयो । समाजमा आफ्नो खोक्रो इज्जत कायम गर्न मोटा जिम्दारले आफ्ना हली पञ्चम लाइ मृत्यु दण्ड सुनाए । एउटा यस्तो मृत्युदण्ड को सजाय जुन कल्पना गर्दा पनि कहाली लागेर आउछ ।
फैसला अनुसार पञ्चमलाइ दन्तकाली जँगलको बिचको एउटा ठुलो पिपलको रुखमा बाँधियो र उनको टाउको छिनाएर मारियो । त्यस बेला मान्छे काट्न कसाही नियुक्त गरिन्थ्यो । त्यस बेलाका कसाही थिए बिधि डुम ।
स्थानीय ७५ बर्षिय बृद्ध डोमनलाल राजवँशी भन्छन् — घटना त मैले पनि प्रत्यक्ष देखेको होइन तर मेरी आमाले सुनाए अनुसार पञ्चमलाइ रुखमा बाँधि सके पछी बिधि डुमलाइ मात्ने गरि मदिरा पिलाइएको थियो रे । मदिराले मातेको कसाही लाइ एउटा लामो तरबार दिएर रुखमा बाधिएको पञ्चमलाइ यदि बाघ भालुले खाएको छैन भने काटेर दुइ टुक्रा पारेर आइज भनि आदेश दिइएको थियो रे । पबित्र प्रेम गरेको पञ्चमलाइ बाघ भालुले समेत आक्रमण गरेका थिएनन् र उनलाइ काट्ने आदेश पाएका कसाही बिधी डुमले सोही तरबारले उनको टाउको छिनाएर फालेका थिए रे ।
राणा कालमा चलेको तानाशाही जमिनदारी प्रथाका सामन्तीहरुले यसरी एउटा अमर प्रेम कथाको हत्या गरेका थिए । अहिले दन्तकालीको त्यो घना जँगल पनि छैन र पञ्चमलाइ मारिएको त्यो पिपलको रुख पनि छैन । तर बिधि डुम र मोटा जिम्दारका शाखा सन्तानहरु अझै जिबितै छन् ।
प्रेममा आफ्नो जीवन नै उत्सर्ग गर्ने पञ्चमहरु अहिलेको समाजमा प्राय पाउन सकिदैन र आज पुरै बिश्व प्रेम दिबस मनाइरहेको बेला मैले मेरै बुवाको मुख बाट मौखिक रुपमा सुनेको गौरीगञ्जको यो मौलिक इतिहासलाइ शब्द बद्ध गर्ने चेष्टा मात्र गरेको हुँ । इतिहास खोतल्दा यस कथा सँग बन्धीत कुनै पात्र वा ब्यक्ती प्रति कुनै आघात पुगेमा हृदय देखि नै क्षमा चाहन्छु ।
( यो आलेख २०७१ सालमा बिराटनगरबाट प्रकाशित हुने दर्शन दैनिकमा प्रकाशित भइ सकेको हो । यसलाइ पुन सँपादन गरि आज पुन प्रकाशित गरिएको हो । )