इस्लामिक सँघको एक दिने धार्मिक तथा समाज सुधार कार्यक्रम सम्पन्न

पढ्न समय: 1 मिनेट

पुस १९ गौरीगञ्ज । इस्लामिक सँघ गौरीगञ्जको आयोजनामा एक दिने धार्मिक तथा समाज सुधार कार्यक्रम सम्पन्न भएको छ । इस्लामिक सँघ नेपालको प्रचार बिभाग प्रमुख जुल्फकार अली फलाहीको सभापतित्वमा गौरीगञ्ज ३ स्थित बुधबारे बजारमा आयोजित कार्यक्रममा मुस्लीम समुदायको धर्म र समाजको चर्चा गर्दै मुस्लिम अगुवाहरुले मुस्लिम समाज भित्र देखिएका बिकृती तथा बिसँगतीहरु हटाउनु पर्ने जिकिर गरेका थिए ।

- Advertisement -
Ad image

गौरीगञ्ज गाउँपालिकाकी अध्यउक्ष फुलबती राजवँशीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा मुस्लिम अगुवाहरुले मुस्लिमहरुको धार्मिक ग्रन्थ कुरआन भित्रका ज्ञान तथा उपदेशहरुको चर्चा गर्दै कुरआनका हरेक उपदेशले मुस्लिम समाजलाइ इमान तथा समाज प्रतिको दायित्व प्रति निर्दिष्ट गरेको चर्चा गरेका थिए ।

कुरआनका जानकार हफिज मुवारक आलमले तिलावत–ए–कुरआन नवाज गरि कार्यक्रमको उद्घाटन गरेका थिए भने मुस्लिम समुदायका अगुवाहरु तनबिर आलम,उमर गिरी, मौलाना ताहिर हुसैन लगायतले मुस्लिम धर्म तथा कुरआनकोचर्चा गरेका थिए । कार्यक्रममा गाउँपालिका अध्यक्ष फुलबती राजवँशीले शुभकामना मन्तब्य राखेका थिए भने इस्लामिक सँघ गौरीगञ्जका अध्यक्ष नाजिर हुसैनले कार्यक्रमको सहजिकरण गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्