भदौ ३१ झापा । जेन जी आन्दोलनका कारण भदौ २४ गते देखि बन्द भएका गौरीगञ्जका कार्यालयहरु बिस्तारै खुल्न थालेका छन । प्रहरीले क्षतिको मुचुल्का उठाएपछी आज देखि इलाका प्रसाशन कार्यालयल गौरीगञ्जले आफ्नो सेवा सुचारु गरेको छ भने गौरीगञ्ज गाउँपालिका अन्तर्गतका वडा कार्यालयहरुले आँशिक सेवा शुरु गरेका छन् । वडा कार्यालयहरुले कार्यालय खोलेर सामाजिक सुरक्षा भत्ता नबिकरणको काम शुरु गरेका छन् ।
गौरीगञ्ज गाउँपालिकाको कार्यालय र मातहतका शाखाहरु भने असोज २ गते देखि मात्र खुल्ने भएको छ । पालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज थापाले आज प्रहरीले क्षतिको मुचुल्का उठाइसकेकोमा आज र भोली सरसफाइ गरेर २ गते देखि सेवा शुरु गर्ने बताए ।
यस बाहेक गौरीगञ्जका निजि बिद्यालयहरु भदौ २९ गते देखि र सामुदायिक बिद्यालयहरुले ३० गते देखि पठन पाठन शुरु गरेका छन् । त्यस्तै पालिका भित्रका बित्तिय सँस्थाहरुले समेत सेवा शुचारु गरिसकेका छन् ।
जेन जी आन्दोलनमा झापाका १५ पालिका मध्ये झापामा गौरीगञ्ज र हल्दिबारी गाउँपालिकामा सबै भन्दा कम क्षति भएको हो । गौरीगञ्ज गाउँपालिकामा गाउँपालिकाको कार्यालय वडा नँ ३ र ६ को कार्यालय र इलाका प्रसाशन कार्यालयका केहि झ्याल ढोकाका सिसा हरुमा सामान्य क्षति पुगेको छ भने गाउँपालिका कामर्यालयको सोलार प्यानलमा समेत सामान्य क्षेति पुगेको छ । आन्दोलनकारीहरुले गरेको ढुँगामुडाका कारण यि कार्यालयहरुको झ्याल ढोकाका सिसाहरु फुटेका थिए ।