इञ्जिनियर लाइ बर्खास्त गर्ने निर्णय पछी समाधान भयो गौरादह राजवँशी मृत्यु प्रकरण

पढ्न समय: 3 मिनेट


मदन राजवँशी
गौरादह १४ असोज । आरोपित इञ्जिनियर सचिन क्षेत्रीलाइ बर्खास्त गर्ने‚ मृतक परिबारलाइ क्षतिपुर्ती स्वरुप रु ५ लाख दिने र मृतक राजवँशी प्रति सम्मान प्रकट गर्दै मृतकका परिवारमा समबेदना प्रकट गर्ने लगायतका मागहरु सँबोधन भए पछी पिडित परिबारले मँगलबार नगरपालिका परिसरबाट मृतक धनबिर राजवँशीको सब बुझेका छन् ।
उपभोक्ता समितीका एक अध्यक्ष धनबिर राजवँशीको मृत्यु प्रकरणले तातिएको गौरादह नगरपालिकाको माहौल मँगलबार पनि तनाबपुर्ण नै रह्यो । सोमबार साँझ सम्म नगरपालिकाको बोर्ड बैठकले मृतक परिबारलाइ रु २ लाख क्षतिपुर्ती दिने निर्णय गरेपनि पिडित पक्ष र स्थानीयहरुले आरोपिसत इञ्जिनियर सचिन क्षेत्रीलाइ बर्खास्त गर्नु पर्ने माग राखि मँगलबार बिहानै देखि मृतकको सब नगरपालिका अगाडी राखेर आन्दोलनमा उत्रेका थिए । उद्यपी नगरपालिका भित्र आन्दोलनकै बिषयमा कार्यपालिकाको बैठक चलिरहेको थियो ।
११ बजेसम्म पनि भित्र बाट कुनै निर्णय नआएपछी आक्रोसित स्थानीयको भिडले कार्यालयमा ढुँगामुढा नै गर्यो । सयौको सँख्यामा सुरक्षाकर्मी तैनाथ भएपनि आक्रोसित भिडले कामर्यालयका सीसा चकनाचुर नै बनाए ।
बैराती टहरा निर्माण उपभोक्ता समितीका अध्यक्ष रहेका मृतक गौरादह ८ भुडेसिमलका धनबिर राजवँशी गत आइतबार सो टहराको भुक्तानी रकम लिन नगरपालिका पुगेका थिए । आइतबार समेत उनले भुक्तानी नपाएपछी त्यहि उनि बेहोस भएका थिए । दमकमा उपचार सँभब नभएपछी उनलाइ बिराटनगर स्थित नोबेल बस्पताल लगिएको थियो र त्यहा समेत उनको उपचार सँभब नभएपछी उनि मृत्युको काँखमा पुगेका थिए ।
नगरपालिकाका कर्मचारीले अनाबश्यक दुख दिएको र बारम्बार नगरपालिका कुदाकुद भएकै कारण उनको मृत्यु भएको कुरा सो टहराका ठेकेदार युबराज बस्तोलाले बताए ।
कर्मचारीले अनाबश्यक दुख दिएकै कारण राजवँशीको मृत्यु भएको र ति दुख दिने कर्मचारीलाइ बर्खास्त गर्नु पर्ने कुरा मृतकका छोरा राजेश राजवँशीले बताए । यद्यपी इञ्जिनियर सचिन क्षेत्रीले सो दिन मृतक राजवँशी र आफ्नो भेटघाट नभएको र भुक्तानीको कारणले उनको मृत्यु नभएको दाबी गरे ।
त्यसै गरि स्थानीय भोला चक्रबर्ती र इश्वर कुमार खत्रीले समेत आरोपित कर्मचारीलाइ कारवाही हुनु पर्ने कुरा बताए ।
नगरपालिका परिसरमा तनाब बढिरहदा नगरपालिकाका प्रबक्ता नगेन्द्र भण्डारीले कार्यपालिका बैठकको निर्णय सुनाउदै इञ्जिनियर सचिन क्षेत्रीलाइ बर्खास्त गरिएको घोषणा गरेका थिए । यद्यपी आन्दोलित स्थानीयहरुले लेखापाल रामजी दाहाललाइ समेत बारबाहीको माग गर्दै सो निर्णय च्यातिदिएका थिए ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *