भदौ २२ काठमाडौँ । आज भदौ २२ गते राति यो बर्षको पहिलो चन्द्र ग्रहण लाग्दैछ । आज भाद्र शुक्ल पूर्णिमाका दिन खग्रास चन्द्र ग्रहण लाग्दै छ ।
आज राति १० बजेर ११ मिनेट देखि शुरु हुने खग्रास चन्द्र ग्रहणको दृश्य नेपाल, भारतसहित एसिया, पश्चिम अष्ट्रेलिया र युरोपका करिब ८५ प्रतिशत जनसङ्ख्याले अवलोकन गर्न सक्नेछन्।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार ग्रहण राति १०:११ बजे सुरु भएर राति १:४१ बजे अन्त्य हुनेछ। मौसम सफा रहे काठमाडौँबाट करिब साढे तीन घण्टा ग्रहण देख्न सकिनेछ। समितिका अनुसार यसै वर्ष फागुन शुक्ल पूर्णिमामा खण्डग्रास चन्द्र ग्रहण पनि लाग्नेछ।
प्रतिक्रिया लेख्नुहोस्