Happy Tihar 2082

अर्घाखाची बस दुर्घटना : १९ को मृत्यु, ८ जनाको भयो सनाखत

पढ्न समय: 2 मिनेट

सन्धिखर्क : अर्घाखाँचीको सन्धिखर्क–६ सल्लेरीमा बुधबार भएको बस दुर्घटनामा १९ जनाको मृत्यु भएको छ। दुर्घटनामा १८ जना घाइते भएका छन्।

सन्धिखर्कबाट बुटवलका लागि दिउँसो साढे १ बजे छुटेको पश्चिम नेपाल बस व्यवसायी प्रालिको लु२ख २१४८ नम्बरको बस नरपानी बजारनजिकैको घुम्तीमा अपराह्न ४ः१० मा दुर्घटना भएको हो। १७ जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी विष्णुराज बेल्वासेले बताए। 

- Advertisement -
Ad image

मृत्यु हुनेमा बसचालक कपिलवस्तुका ओमबहादुर थापा, सशस्त्र प्रहरी बल ५ नम्बर बाहिनी रूपन्देहीमा कार्यरत सशस्त्र प्रहरी जवान राजकुमार महत, सन्धिखर्क–७ का शिवलाल भट्टराई, बलराम भट्टराई, माया पुरी र मनिका खड्का छन्। यस्तै भूमिकास्थान नगरपालिका–९ का शैलेस थापा र सन्धिखर्क–३ का सीता भाटको मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी बेल्वासेले बताए। ११ जनाको सनाखत हुन सकेको छैन।

घाइतेलाई प्रादेशिक अस्पताल बुटवल र जिल्ला अस्पताल सन्धिखर्क पठाइएको सशस्त्र प्रहरी बल अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक माधव रेग्मीले बताए। 

बसमा ३२ जना चढेको प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ। बस सडकबाट करिब २५० मिटर खसेको छ। घुम्ती र भिरालो सडकमा मोड लिन नसक्दा दुर्घटना भएको अनुमान प्रहरीको छ। घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी तथा स्थानीयले उद्धार गरेका थिए। भीर र जंगल क्षेत्रमा उद्धारमा कठिनाइ भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए।

अन्नपुर्ण पोस्ट डटकम

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *