Happy Tihar 2082

अबदेखि स्थानीय तहको रोजगार शाखामै श्रम स्वीकृतिको निवेदन दिन सकिने

पढ्न समय: 1 मिनेट

बैशाख ३ गौरीगञ्ज । भोलि देखि श्रम स्वीकृतिको निवेदन स्थानीय तहबाट नै दिन सकिने भएको छ । गौरीगञ्ज बासीले अबदेखि बैदेशिक रोजगारीमा जान का लागि श्रम स्वीकृति को निवेदन गौरीगञ्ज गाउँपालिकाको रोजगार शाखामा दिन सक्ने छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको निर्णय अनुसार बैशाख १ गते बाट यो सेवा सुर गरिएको हो ।

gd

- Advertisement -
Ad image

मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेका अनुसार आजबाट ७५३ ओटै स्थानीय तहमा रहेको रोजगार सेवा केन्द्रबाट श्रम स्वीकृतिका लागि निवेदन दिन सकिनेछ ।

टाढा रहेका श्रमिकहरू अझै पनि श्रम स्वीकृतिका लागि काठमाडौंमा नै आएर आवेदन दिनु पर्ने झन्झट हटाउनका लागि यो व्यवस्था लागू गरेका कुरा उनले बताए ।

अब वैदेशिक रोजगारीमा जानका लागि सेवाग्राहीहरुले आफ्नै स्थानीय तहमा रहेको रोजगार सेवा केन्द्रमा गएर निवेदन दिन सक्नेछन् भने प्रत्येक केन्द्रमा खटिएका कर्मचारीले सेवाग्राहीको अनलाइन फारम भर्ने देखि यस विषयमा जानकारी दिने लगायतका काम गर्ने उनको बताए । यसले गर्दा इन्टरनेटको पहुँचमा नभएका तथा अनलाइन फारम भर्न नजान्ने सेवाग्राहीलाई सहयोग हुने उनले विश्वास व्यक्त गरे ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्