
झापा २२ पुस । एनएमबी बैँकको सहयोग र गौरीगञ्ज गाउँपालिकाको समन्बयमा लुथरन वर्ल्ड फेडरेशनले गौरीगञ्ज गाउँपालिका क्षेत्रका अपाँगता भएका ब्यक्तीहरुलाइ न्यानो कम्बल बितरण गरेको छ । कम्बल बितरण बाट यस क्षेत्रका १ सय जना अपाँगता भएका ब्यक्ती लाभान्बित भएका छन् ।
अपाँगता सहयोग समितीको कार्यालय उद्घाटनको अबसर पारेर सो कम्बल बितरण गरिएको हो । गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको बितरण कार्यक्रमको अध्यक्षता भने अपाँगता सहयोग समितीका अध्यक्ष शेरमान बुढाथोकीले गरेका थिए ।
यपस्थित अपाँगता भएका ब्य्कती र उनका परिबारका सदस्यहरुलाइ गाउँपालिका अध्यक्ष श्रेष्ठ इप्रकाका प्रहरी निरीक्षक गणेश भट्टराइ शसस्त्र प्रहरीबलका प्रहरी निरीक्षक साइमन श्रेष्ठ लुथरन वर्ल्ड फेडेरेशनका राजेन्द्र राउत एसएनजेडीका सोमनाथ भट्टराइ लगायतले कम्बल बितरण गरेका थिए ।
